सिन्धुलीमा केहि दिनअघि अविरल वर्षा हुँदा दर्जनौँ परिवार पहिरोको प्रत्यक्ष मारमा परे । कसैको घर पुर्ण क्षति भयो भने कसैको आंशिक रुपमा क्षति भएको तथ्यांकले देखाएका छ । सिन्धुली जिल्ला पहिरोको उच्च जोखिममा रहेको यसअघि सरकारकै प्रतिवेदनले पनि बताएको थियो । जिल्लास्थित जिम्मेवार निकायले के कति सावधानि अपनाए त्यो आफ्नो ठाउँमा छ ।
तर, पहिरोले क्षति पुर्याइसकेको अवस्थामा अब कसरी प्रभावितलाई राहत पुर्याउने भन्ने मुख्य प्राथमिकता बन्नुपर्छ । जिल्लाका पहिरो प्रभावितका अनुसार उनीहरु अहिलेसम्म पनि सरकारले वितरण गर्ने राहतको बारेमा अनविज्ञ छन् । राहत वितरणको सवालमा जनप्रतिनिधिलेनै समन्वय नगरेको पिडित पक्षले असन्तुष्टि जनाइरहेका छन् । तसर्थ, जिल्ला प्रशासन कार्यालय, स्थानिय तह लगायत सरोकारवाला निकायले पहिरो प्रभावितसँग निकट भएर उनीहरुलाई राहत वितरणमा सहजता गराउन जोड दिन आवश्यक छ ।
सिन्धुलीमा अहिले पनि पहिरोको जोखिममा परेका परिवारहरुलाई गाँस र बाँसको समस्या छ । कोहि जोखिम मोलेरनै सोहि घरमा बसिरहेका छन् भने कोहि दुखसुख आफन्तको घरमा आश्रय लिइरहेका छन् । सरकारले पहिरो प्रभावितलाई विभिन्न राहतका साम्रागीहरु वितरण गरिरहेको छ । राहतका सामाग्रीहरु प्रयोग नभएर थन्किएको अवस्था छ । तसर्थ, जिल्लाका सरोकारवाला निकायले पहिरो पिडितसँग नजिक भएर के कसरी उनीहरुलाई राहत वितरण गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित हुन आवश्यक छ । त्यसैगरि, वडास्तरका जनप्रतिनिधि पनि आफ्नो जिम्मेवारीलाई सहज तरिकाले जिम्मेवारबोध गरि पिडितको समस्यामा मलम लगाउन जोड दिनुपर्छ । अतः पहिरो पिडितसँग निकटता बढाएर उनीहरुको घाउँमा मलम लगाउन जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ ।