सिन्धुली – गत भदौ १२ गते बैदेशिक रोजगारीका लागि बराइन पुगेका दुधौली नगरपालिका ६ का ३६ वर्षिय रामकुमार अधिकारी दनुवारको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुत्नु भएको उहाँ राति हृदयघातको शिकार हुनु भएको थियो । बराइनमा मृत्यु भएको रामकुमार अधिकारी दनुवारको शब बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सामी परियोजना सूचना तथा परामर्श केन्द्रको सहयोग नेपाल ल्याएको थियो ।
३१ महिना अघि बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका तिनपाटन गाउँपालिका १ का २८ वर्षीय सुर्य बहादुर तामाङ्गको पनि गत मंसिर २८ गते कोठामा सुतिरहेको अवस्थामा मृत्यु भयो । कम्पनीमा काम गरि सकुशल फकिएका तामाङ्गको राती सुतिरहेको अवस्थामा हृदयघातकै कारण मृत्यु भयो ।
यस्तै ११ वर्ष देखि बैदेशिक रोजगारी कतारमा रहेका सिन्धुलीका धन बहादुर मगरको पनि कोठामै सुतिरहेको अवस्थामा मृत्यु भयो । कमलामाई नगरपालिकाका ३१ वर्षिय धन बहादुर मगरको यहि जेठ १२ गते हृदयघातकै कारण मृत्यु भयो । उहाँको शब बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सामी परियोजना सूचना तथा परामर्श केन्दको सहयोगमा नेपाल ल्याएको हो ।
एक वर्षको अवधिमा बैदेशिक रोजगारमा गएका सिन्धुलीका ४ जनाएको मृत्यु भएको छ । आर्थिक वर्ष ०७७/७८ मा बैदेशिक रोजगारमा गएका सिन्धुलीका ४ जनाको मृत्यु भएको बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सामी परियोजना सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता सुस्पा भुजेकाले जानकारी दिनुभयो । परामर्श केन्द्रले आर्थिक वर्ष ०७७÷७८मा बैदेशकि रोजगारीको क्रममा ठगी, अलपत्र परि समस्यामा परेका केश ४० वटा दर्ता भएका मध्ये ९ वटाको समाधान गरि सकेको छ ।
०७७÷७८ मा जिल्लाबाट अमेरिका पुरुष ६ र महिला ३ जना गएका छन् । यस्तै मलेसिया १० जना पुरुष र ३ जना महिला, जोर्डनमा १ जना पुरुष र १५ जना महिला, बराइनमा १ जना पुरुष, कुवेत ५ जना पुरुष, साउदिमा १९ जना पुरुष र ३ जना महिला, दुवैमा १६ जना पुरुष र १२ जना महिला, कतारमा १६ जना पुरुष, अस्ट्रेलिया ४ जना पुरुष र ५ जना महिला, पोचुकल, पोल्याडमा १ पुरुष र १ महिला,कोरियामा १ जना पुरुष र २ जना महिला, जापानमा १४ जना परुष र १४ जना महिला गरि जम्मा ३० र अन्य देशमा ३६ जना पुरुष र १५ जना महिला गएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै केन्द्रले विदेशमा मृत्यु भएका, अंगभंग भएकालाई स्वदेश फिर्काउन ल्याउन सहयोग, सम्झौता अनुरुपको तलव सुविधा दिलाउन पहल, पासपोर्ट तथा पैसा फिर्ता नदिने एजेन्डहरुबाट हुने ठगिबाट बच्नका लागि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई वैदेशिक रोजगारीमा जानु पूर्व र गर्ईसकेपछि पनि ख्याल गर्नुपर्ने कुराबारे परामर्श दिइरहेको परामर्शकर्ता भुजेलले बताउनु भएको छ । साथै सूचना तथा परामर्श केन्द्रले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई वैदेशिक रोजगारीमा जानु अघि र गइ सकेपछि पनि ध्यान दिनुपर्ने कुराबाट सूचना तथा परामर्श दिने, न्यायमा पहुच तथा सहजिकरण गर्ने, सिपमा पहुच अभिवृद्धि र स्थानिय निकायको क्षमता अभिवृद्धि गरिरहेको छ ।
वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई परामर्श दिन थालेपछि जिल्लाबाट सिप सिक्ने, मेनपावर मार्फत विदेशिने, विदेश जानु अघि घरमा कागजात छोड्ने क्रम क्रमिक रुपमा वृद्धि भइरहेको केन्द्रले जनाएको छ । वैदेशिक रोजगारीमा जादा अपनाउनुपर्ने प्रक्रिया र ध्यान दिनुपर्ने कुराबारे पासपोर्ट प्राप्त गरेका सम्पूर्ण युवाहरुलाई जानकारी गराइएको परामर्शकर्ता भुजेलले बताउनुभयो ।