बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विद्यालयको निरिक्षण गर

शुक्रवार , भाद्र १८, २०७८

जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समितिको निर्णायानुसार सिन्धुलीका नौवटै स्थानिय तहमा शैक्षिक संस्था संचालनमा आएका छन् । विद्यालय संचालनमा आएसँगै अभिभावकहरु बालबालिकाले भौतिक उपस्थितिमा पठनपाठन गर्न पाउने भए भनेर खुशी छन् भने अर्कोतर्फ कोभिडको जोखिमका कारण पनि उत्तिकै चिन्तित छन् ।

डिसिसिएमसिले स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था संचालन गर्ने निर्णय गरेको हो । तर, जिल्लाका नौवटै स्थानिय तहका विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएका छन् कि छैनन् भनेर निरिक्षण नगरेसम्म ढुक्क हुने अवस्था छैन । तसर्थ, जिल्लाका हरेक विद्यालयको निरिक्षण गर्न आवश्यक जनशक्ति परिचालन गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य विषय हुदैँहोइन् । तेश्रो लहरको कोरोनाले युवा उमेरका धेरैको ज्यान गएको छ । त्यसैले पनि विद्यार्थीहरु जोखिममा छन् भनेर सहजै भन्न सकिन्छ । तर, शैक्षिक संस्थाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने हो भने जोखिम स्वतः कम हुन्छ । तसर्थ, शैक्षिक संस्थाले भौतिक दुरी कायम गराएर, मास्कको प्रयोग गरि, विद्यालयको गेटमा स्यानिटाईजर मेसिन जडान गरेर लगायत सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा संचालन गर्नतर्फ जोड दिनुपर्दछ ।

अतः विद्यार्र्थीलाई सुरक्षितसँग पठनपाठन गर्ने वातावरण बनाउन सम्पूर्ण शैक्षिक संस्था लगायत सरोकारवाला निकाय गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया