बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमाडी बजारम नामको मात्र सिसि क्यामेरा

सोमवार , भाद्र १४, २०७८

सिन्धुलीको कमलामाई नगरपालिकामा जडित सिसि क्यामेरा मर्मत नहुँदा प्रयोगविहिन भएको छ । कमलामाई नगरपालिकाले लाखौँ रकम खर्चिएर जडान गरेको ५० बढि सिसि क्यामेरा केहि महिनादेखि प्रयोगविहिन भएको छ । सिसि क्यामेरा मर्मत नहुँदा प्रहरीकालागी अनुसन्धान गर्न असहज भएको छ भने राज्यको लाखौँ रकम बालुवामा पानी हाले सरह भएको छ ।

तामझामका साथ सिसि क्यामेरा जडान भएपनि व्यवस्थापनमा देखिएको कमजोरीका कारण बाँदरको हातमा नरिवल जस्तो भएको छ । दशैँ नजिकिएसँगै जिल्लामा चोरी लगाएत अपराधीको घट्नामा वृद्धि भएको छ । त्यसैगरि, सिन्धुलीमा सडक दुर्घट्ना पनि बढ्दो छ । दुर्घट्ना न्युनिकरण र दुर्घट्ना पश्चात अनुसन्धानकालागि सिसि क्यामेरा महत्वपुर्ण हुन्छ । तर, जिल्लाको कमलामाई नगरपालिकामामात्र नभएर अन्य स्थानिय तहमा समेत सिसि क्यामेरा खर्च देखाउनकालागि साधन बनेको छ । तसर्थ, सिसि क्यामेरको मर्मतसंभारकालागि स्थानिय तहले आवश्यक कदम चाल्न जरुरी छ ।

कमलामाई नगरपालिकाको विभिन्न वडाहरुमा सिसि क्यामेरा जडान गरिएको छ । सिसि क्यामेरा जडान भएपछि चोरी, दुर्घट्ना लगायत अन्य अपराधका घट्नाको अनुसन्धान गर्न सहज हुने अनुमान गरिएतापनि जडान गरिएको केहि समयमै प्रयोगविहिन भएको अवस्था छ । ठूलो लागतमा जडान गरिएका सिसि क्यामेराको व्यवस्थापन कम्पनिलेनै गर्नुपर्ने सम्झौता भएपनि नगरपालिकाले मर्मतकालागि ताकेता नगर्दा सिसि क्यामेरा पोलमा सजिएर बसेका छन् ।

रातको समयमा सामाजिक सद्भाव खलल पुर्‍याउने लगायत अपराधिक मनसायका साथ हिँड्डुल गर्नेलाई नियन्त्रणमा लिन सिसि क्यामेराको महत्वपुर्ण भुमिका हुन्छ । तसर्थ, बिग्रीएका अधिकांश सिसि क्यामेराको मर्मतमा नगरपालिकाले चासो देखाउन जरुरी छ । अतः लाखौँ खर्चिएर जडित सिसि क्यामेरा सजाउनकालागि मात्र होइन भन्ने सम्बन्धित निकायले बुझ्न जरुरुी छ ।

प्रतिक्रिया