बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका जोखिमयुक्त बस्ति स्थान्तरण गर

आइतवार , भाद्र १३, २०७८

सिन्धुलीमा अविरल वर्षाका कारण दर्जनौँ वस्ति जोखिममा परेका छन् । पहिरोका कारण वस्तिनै जोखिममा परेको छ भने मध्यपहाडी लोकमार्ग अझै पनि अवरुद्ध छ । जोखिममा रहेका वस्तिको निरिक्षण गर्न स्थानिय सरकार, नेपाली सेना लगायत विपद् व्यवस्थापन समितिले निरिक्षण पनि गरेको छ । तर, प्रभावकारी ढंगमा सुरक्षित स्थानमा बस्नकालागि कुनै पनि निकायले कदम चालेका छैनन् ।

मौखिम रुपमा अन्य स्थानमा बस्न आग्रह गरिएतापनि स्थानियहरु जोखिम मोलेर जोखिमयुक्त स्थानमै बसेको अवस्था छ । कमलामाई नगरपालिका ४ स्थित वर्देउटारमा शुक्रबार पहिरो खसेर केहि घर जोखिममा परेको छ । तर, सो स्थानका बासिन्दाहरु भने अहिले पनि त्यहि ठाउँमा जोखिम मोलेर घरमै बसेको अवस्था छ । मौखिक रुपमा आग्रह गरेर मात्र स्थानिय अन्य ठाउँमा सर्ने अवस्था नदेखेपछि जिम्मेवार निकायले जसरी भएपनि उनीहरुलाई सुरक्षित ठाउँमा लगिनुपर्दथ्यो । तर, स्थानियकको अटेरिपन र जिम्मेवार निकायको लाचारीपनका कारण अझै पनि दुर्घट्ना हुने संभावना यथावत् रहेको छ । तसर्थ, मानविय क्षति हुन नदिनकालागि सम्बन्धित निकायले जोखियुक्त ठाउँको पहिचान गरि त्यहाँ रहेका स्थानियलाई स्थान्तरण गर्नतर्फ जोड दिन आवश्यक छ ।

विपद्को घटना हुनासाथ त्यस्ता घटनाबाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार गर्ने, गराउने र विपद् प्रभावित बासिन्दाको जीउधनको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग स्थानिय सरकार लगायत जिल्ला विपद् व्यवस्थापन समितिले समन्वय गर्न आवश्यक छ । अतः सिन्धुलीमा जोखियुक्त स्थानहरुको पहिचान गरि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा राख्न सम्बन्धित निकायले थप जिम्मेवार भएर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

 

प्रतिक्रिया