बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

कांग्रेस सिन्धुली कार्यसमिति सदस्यले छाडा फोटो सार्वजनिक गरेपछि...

शुक्रवार , भाद्र ११, २०७८

नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमिति सदस्यसमेत रहेकी इन्दिरा निरौलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । सामाजिक संजालमार्फ अन्य व्यक्तिलाई अश्लील फोटो पठाएपछि निरौला पक्राउ परेकि हुन् । उनले उक्त तस्बिर प्रचार गरेकि थिइन् । सोलुखुम्बु नेचासल्यान गाउँपालिका–१ घर भई कपन बस्ने ३६ वर्षीय इन्दिरा निरौलालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरी साइबर ब्यूरो भोटाहिटीलाई बुझाएको हो ।

उनको कर्तुतबारेमा उजुरी भएपछि निरौला फरार भएकि तिइन् । प्रहरीको खोजी सूचीमा रहेकी उनलाई ठाउँ बदल्दै भागी हिँड्ने क्रममा प्रहरीले कपनबाट पक्राउ गरेको हो । एक पीडित महिलाको चरित्र हत्या गर्ने उद्देश्यले व्यक्तिगत तस्वीरहरू साथै आपत्तिजनक म्यासेजलाई विभिन्न व्यक्तिको भाइबर, फेसबुक म्यासेन्जरलगायतका सामाजिक सञ्जालमा पठाएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको थियो । निरौलालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आजै काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप भई कार्वाही भइरहेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया