जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । चाडपर्वको समयमा रमाईलो गर्ने, परिवार, इष्टमित्रहरु जमघट गर्ने चलन छ । तर, कोरोना भाइरसका कारण चाडपर्वमा भेटघाट, भिडभाड गर्नकालागि अहिले समय छैन । सिन्धुलीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । दोश्रो लहरको कोरोना पश्चात हजारौँ नागरिकलाई कोरोनाले गाँजेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि झण्डै अर्धसतक पार गरिसकेको छ । वर्तमान अवस्था कोरोनाको जोखिमयुक्त समय हो । त्यसैले, चाडपर्वको नाममा भिडभाड गर्दा कोरोनाको जोखिम झनै बढने हुदाँ सचेत रहन आवश्यक छ । नेपालमा चाडपर्वका कारण पनि कोरोना संक्रमितबाट अन्य व्यक्तिमा कोरोना सरिरहेको छ । तसर्थ, भिडभाडमा नबसी उच्च सावधानि अपनाएर चाडपर्व मनाउनुपर्ने आजको आवश्यकता हो ।
सिन्धुलीमा केहि समय यता बजार क्षेत्रमा न्युनत स्वास्थ्य मापदण्ड पनि नअपनाई हिँड्डुल गर्नेको संख्या बढिरहेको छ । कोरोना संक्रमणप्रति मान्छेको डर र सचेतना घटेको छ । तसर्थ, कोरोनाको जोखिम नघटेको हुँदा सम्पूर्ण नागरिकले स्वास्थ्य सावधानि अपनाउन तर्फ विशेष जोड दिन आवश्यक छ ।