बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

गलत परम्परा न्यूनीकरणमा लागौँ

शनिवार , श्रावण ३०, २०७८

सिन्धुलीको दुर्गम क्षेत्रमा अहिले पनि हानिकारक परम्पराहरु चल्दै आएका छ । जसले समाजलाई नै हानि पुर्‍याइरहेको छ । बालविवाह, महिनावारी प्रथा, छुवाछूत, धर्मको नाममा गरिने विभिन्न क्रियाकलाप, अन्धविश्वासले गर्दा समाजमा शान्ति नै खल्बलिने गरेको छ । जातको आधारमा हुने छुवाछुत, महिनावारी हुँदा महिलामाथि गरिने व्यवहार, धर्मको नाममा हुने हिंसा लगायत बालविवाहले समाजमा अहिले पनि गढेर बसेका छन् । समाजमा शिक्षित वर्ग बढे पनि हानिकारक परम्परा तोड्न सकिएको छैन ।

समाजमा देखिएका नचाहिँदा परम्पराको अभ्यासलाई न्यूनीकरण गर्न विभिन्न निकायले अभियान चलाएका छन् तर ती कार्यक्रमहरु प्रभावकारी भने हुन सकेका छैनन् । समाजमा अहिले पनि बालबालिका र महिलाहरु नचाहिँदा परम्पराबाट बढी प्रभावित भएका छन् । त्यसैले, जिल्लाका दुर्गम क्षेत्रमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ । समाजमा गढेर बसेको कुप्रथालाई अन्त्य गर्न सबै सजग हुन जरुरी छ ।

वर्षौंदेखि चल्दै आएको कुरीति र कुप्रथाले समाजमा दुर्घटना निम्त्याइरहेको छ । अन्धविश्वासका कारण अहिले पनि महिला, बालबालिकालगायत पिछडिएका वर्गहरु प्रभावित हुँदै आएका छन् । तसर्थ, समाजबाट हानिकारक परम्परालाई हटाउन सबै पक्ष सक्रिय हुनु आवश्यक छ ।

प्रतिक्रिया