सिन्धुली– सिन्धुलीमा कोरोना संक्रमणको कारण थप एक वृद्धको मृत्यु भएको छ । कमलामाई नगरपालिका ४ का ९५ वर्षिय वृद्धको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । यहि साउन २७ गते वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा उपचाररत वृद्धको शुक्रबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका कोरोना फोकल पर्सन सन्तोष कुमार माझिले बताउनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
यस्तै शुक्रबार ३ बजे सम्म थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ४८ जनाको कोरोना परिक्षण गर्दा २ जना महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार १२ पुगेको छ भने २ हजार ६ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल होम आइसोलेसनमा २ सय ७९ जना र संस्थागत आइसोलेसनमा १० जना गरि जम्मा २ सय ८९ जना कोरोना संक्रमित उपचारत रहेका छन् ।