सिन्धुली – सिन्धुलीका ५ सय भन्दा बढि युवाहरुले रोजगारी पाएका छन् । जिल्लाको कमलामाई नगरपालिकाको युवा र नगर स्वरोजगार कार्यक्रम अन्र्तगत नगरका ५ सय भन्दा वढिले रोजगारी पाएका हो ।
युवा र नगर स्वरोजगार कार्यक्रम अन्र्तगत नगरका बेरोजगार युवालाई व्यवसाय गर्नका लागि नगरपालिकाले विना धितो तथा बिना ब्याजमा ऋण दिएको छ । उक्त कार्यक्रम अन्र्तगत व्यवसाय गर्न चाहने युवाको व्यवसाय हेरेर ३ लाख देखि ५ लाख सम्म बिना धितो तथा बिना ब्याजमा ऋण सहयोग गरिरहेका कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले बताउनुभयो । बिना ब्याजमा ऋण पाएपनि युवा व्यवसायमा लागेको उहाँले बताउनुभयो । नगरपालिकाले गत वर्षबाट मात्र युवा र नगर स्वरोजगार कार्यक्रम संचालन गरेको हो । बिना ब्याज तथा बिना धितोको ऋण पाएपछि युवाहरु व्यवसायी भएका छन् ।
कमलामाई नरपालिका ९ भिमानका मनोज बराल अहिले व्यवसायिक माछा पालनमा लाग्नु भएको छ । कुखुरा व्यवसाय गरिरेहका बराललाई नगरपालिकाबाट ४ लाख रुपैया ऋण सहयोग भएपछि माछा पनि पाल्न सुरु गरेको सुनाउनु हुन्छ ।
“कमलामाई नगरपालिकाबाट बिना ब्याजमा ४ लाख रुपैया ऋण पाए, माछा पालन गर्ने सोच थियो ।” उहाँले भन्न्नुभयो, “माछा पालन गर्ने सपना नगरपालिकाले साकार बनायो ।” नगरपालिकाबाट पाएको ऋणले व्यवसाय गर्ने थप प्रोत्साह मिलेको उहाँले बताउनुभयो । पहिले ५ सय कुखुरा परिक्षणको लागि पालेका बरालले राम्रो आम्दानी हुने भएपछि माछा पालन पनि सुरु गरेको बताउनुभयो । “परिक्षणको लागि ५ सय कुखुरा पालेको थिए, ४५ दिनमा कुखुरा २ केजि भन्दा वढि भयो, ५० दिनका हुदाँ सबैै विक्रि भयो ।” उहाँले भन्नुभयो, “५ सय कुखुराबाट खर्च कटाएर लगभग ९० हजार आफुलाई फाइदा बस्यो । ” कुखरा सँगै माछा पालन गर्ने सुरु गरेको उहाँले बताउनुभयो ।
अहिले नगरपालिकाबाट पाएको रकमले पोखरी बनाई १० हजार भुरा माछा हालेको उहाँ सुनाउनुहुन्छ । नौ वर्ष बैदेशिक रोजगारीमा रहेर फर्किएका बराल परिवारसँगै बसेर कृषि व्यवसाय गर्ने पाउँदा खुसि भएका छन् ।
कमलामाई नगरपालिका ८ करकरेकको संगिता आले पनि आफ्नै ठाउँमा केहि गर्ने सोच बनाइ बैदेशिक रोजगारीबाट फर्किनु भयो । व्यवसाय गर्न उहाँसँग भनेजति पूजि थिएन । केहि सहयोग हुने आशमा उहाँले नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममा निवेदन दिनुभयो । व्यवसाय गर्ने आलेलाई नगरपालिकाले विना ब्याजमा ३ लाख ऋण सहयोग ग¥यो । उक्त ऋण पाएपछि श्रीमानले संचालन गदै आएको टाइग्रेसा लाई मर्मत गरि होटल संचालनमा लागेको उहाँले बताउनुभयो ।
कमलामाई नगरपालिकाले विदेशबाट फर्किएको युवालाई प्राथमिकतामा राखि कार्यक्रमम संचालन गरेको जनाएको छ । नगरले आर्थिक वर्ष २०७७÷०७८ मा युवा स्वरोजगार कार्यक्रमम अन्र्तगत ४२ जना युवालाई २ लाख देखि ५ लाख सम्म ऋण दिएको नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले बताउनुभयो । यस्तै नगर स्वरोजगार कार्यक्रम अन्र्तगत २० जना व्यवसायी युवालाई ऋण सहयोग गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८मा युवा र नगर स्वरोजगारमा एक¬एक करोड बजेट विनियोजन गरेको थियो ।