शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा एकजना मृतावस्थामा फेला

शुक्रवार , श्रावण २९, २०७८

सिन्धुलीमा एकजनासहित विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ बजुडाँडा बस्ने बिष्णु बिकको छोरा ११ वर्षीय सुमन बिक घरमै मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले प्रहरी घट्नास्थलतर्फ गएको जानकारी दिनुभयो ।

त्काठमाडौं महानगरपालिका–१६ बालाजु बाईसधारास्थित पोखरीमा एक जना मृत फेला परेका छन् । बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका–५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी कास्कीको पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने २२ वर्षीय राजु सुनार सोही महानगरपालिका–१६ दिप हाउजिङ नजिक सेती नदीको नहरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् भने गोरखा नगरपालिका–१० ठुटी बजारस्थित दरौदी खोलामा सोही नगरपालिका–२ बस्ने ७० वर्षीय कुल बहादुर आले पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया