शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका विद्यालयमा छात्राहरु नियमित विद्यालय आउन थाले

बिहिवार , श्रावण २८, २०७८

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिका ८ श्री बेन्कटेश्वर माध्यमिक विद्यालय बाहुनतिल्पुङ्का छात्रा अहिले महिनावारी हुदाँ पनि नियमित विद्यालय आउन थालेका छन् ।

विद्यालयमा आराम कक्षको निर्माण भएपछि छात्राहरू नियमित विद्यालय आउन थालेका हुन् । महिनावारी भएको समयमा कक्षा नै छुटाएर घर जाने गरेका छात्रा अहिले आराम कक्षको व्यवस्था भएसँगै विद्यालय मै आराम गर्न पाएपछि खुसि भएका छन् । विद्यालयमा आराम कक्ष भएपछि बिसञ्चो हुँदा र अन्य समयमा समेत आराम गर्न सजिलो भएको बेन्कटेश्वर माविको कक्षा ९ मा अध्यनरत छात्रा स्मृति अधिकारीले बताउनुभयो । “विद्यालय आउँमा महिनावारी अथवा टाउँको दुख्ने लगाएतको समस्या भयो भने आराम गर्न यहाँ आयो ।” आराम कक्ष देखाउदै उहाँले भन्नुभयो, “एकछिन आराम गरेर कक्षा लिन नि सजिलो भएको छ ।”

आराम कक्षमा तातो र चिसो पानी, सेनिटरि प्याड लगाएत आवश्यक सबै सामग्रीको व्यवस्था भएको अधिकारीले बताउनुभयो । “विद्यालयमा मै हुदाँ महिनावारी भए, त्यो समयमा मलाई वढी नै पेट दुख्यो । घर जान पनि नसक्ने भएको थिए । त्यसपछि यहि आराम कक्षमा आएर एक्छिन सुते, अलि सन्चो भएपछि फेरि कक्षा लिए ।” उहाँले भन्नुभयो, “आराम कक्ष नभएको भए आरामको लागि घर नै पुग्नु पथ्र्योँ,त्यो दिन मेरो पढाइ छुट्थ्योँ । ”

आराम कक्ष नहुँदा छात्राहरू महिनावारीको भएको बेला विद्यालय नआउने गरेको तथा आए पनि बीचमै घर फर्किने गरेको भए पनि अब आराम कक्षको व्यवस्था भएपछि उनीहरूले विद्यालयमै आराम गर्न पाउने हुँदा छात्रालाई सजिलो भएको छ । ‘पहिले महिनावारी भएपछि बीचमै विदा मागेर घर फर्किन्थे। अचेल त्यो समस्या छैन,’ विद्यालयको अर्को छात्रा वर्षा मानन्धरले भन्नुभयो । आराम कक्षको सुविधा पछि धेरै सजिलो भएको उहाँले बताउनुभयो ।

आराम कक्षको व्यवस्था भएपछि अहिले महिनावारी भएको समयमा पनि छात्राहरु निधक्कसँग विद्यालय आउने गरेको बेन्कटेश्वर माविका शिक्षिका सुमित्रा अधिकारीले बताउनुभयो । पहिले छात्राहरु महिनावारी भएको बेला विद्यालय नै आउदैनन् थिए । “विद्यालय मै महिनावारी भयो भने कक्षा नै छोडेर घर जान्थे, हामीलाई थाहै हुन्नथोँ । ” उहाँले भन्नुभयो, “अहिले छात्रा महिनावारी भयो भने हामीलाई भन्छन्, यहि आराम कक्षमा एक्छिन आराम गर्छन् अनि फेरि कक्षा लिन्छन् ।” महिनावारी हुदाँ लजाउने तथा डराउने छात्रा अहिले निधक्कसँग प्याड माग्ने साथै सबै कुरा भन्ने गरेको शिक्षिका अधिकारीले बताउनुभयो ।

विद्यालयमा वल्ड भिजन नेपाल र रिलिफ नेपाल सिन्धुलीको साझेदारीमा संचालित किशोरी परियोजना अन्र्तगत आराम कक्ष निर्माण भएको हो । महिनावारी हुँदा छात्राहरू विद्यालयमा अनुपस्थित हुने समस्या समाधान गर्न आराम कोठाको व्यवस्थापन गरेको किशोरी परियोजनाका संयोजक पंक पाण्डेले बताउनुभयो । परियोजना अन्तगर्त तिनपाट गाउँपालिका ८ श्री बेन्कटेश्वर मा.वि बाहुनतिल्पुङ्, तिनपाट गाउँपालिका ११ को श्री मा.वि हलिडाँडा र फिक्कल गाउँपालिका ५ को कालिकादेवी निम्न मा. वि. जाङ्जाङमा आराम कक्ष व्यवस्था गरेको संयोजक पंक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया