शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीगढी संग्राहलय उद्घाटनसँगै मानिसको चहलपहल बढ्दै

बुधवार , श्रावण २७, २०७८

सिन्धुली– सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्राहलय उद्घाटनसँगै मानिसको चहलपहल बढ्दै गएको छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीले साउन महिनाको दोस्रो सातामा समुद्घाटन गर्नु भए युद्ध संग्राहलय अबलोकन गर्न आउने मानिस बढ्दै गएको हो । नेपाली सेनाले निर्माण गरेको उक्त युद्ध संग्राहलय उद्घाटनसँगै कमलामाई नगरपालिकालाई त्यसको स्वामित्व हस्तान्तरण गरि अबोलकनका लागि खुल्ला गरिएको थियो ।

अहिले दैनिक चार सयभन्दा बढी व्यक्ति युद्ध संग्राहलय र सिन्धुलीगढी घुम्न आउन थालेका कमलामाई नगरपालिकाले जनाएको छ । नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालका अनुसार यही साउन महिनाको १३ गते राष्ट्रपतिबाट उक्त संग्राहलय उद्घाटन गरी सर्बसाधारणका लागि अबलोकन गर्न खुल्ला गरिएको थियो ।

उहाँले भन्नुभयो, “अहिले युद्ध संग्राहलय हेर्न आउने मानिस दैनिक बढ्दै गएका छन् । उक्त संग्राहलय नेपालकै पहिलो दुर्लभ भएकोले पनि यसको चासो लिएर हेर्न आउने मानिस बढ्दै गएका हुन् ।” संग्राहलय हेर्न आउने मासिनबाट अहिले दैनिक सरदर २० हजार रुपैया नगरपालिकालाई आम्दानी भई रहेको उहाँले सुनाउनु भयो ।

बरिष्ठ सामाजिक विकास अधिकृत ढकालका अनुसार उक्त संग्राहलय हेर्न आउने मध्ये सर्बसाधारणका लागि ५० रुपैया, परिचयपत्र भएका विद्यार्थीका लागि २५ रुपैया र विदेशी नागरिकका लागि दुई सय रुपैया प्रवेश शुल्क नगरपालिकाले तोकेको छ । ७० बर्ष कटेका जेष्ठ नागरिक, ‘क’ र ‘ख’ बर्गका अपांगता परिचय पत्र भएका, बाहालवाला नेपाली सेना, संग्राहलयमा राख्न युद्धकालिन समयमा प्रयोग भएका घरेलु हतियार दिने नागरिक, कमलामाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

त्यस्तै नगरपालिकाको निर्णय अनुसार फिल्म सुटिङ गर्नेलाई दैनिक पाँच हजार रुपैया शुल्क बुझाउनु पर्ने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ । नगरपालकाका अनुसार सिन्धुलीगढीमा नै अहिले बागमती प्रदेश सरकारको साँढे चार करोड रुपैया लागतमा रानीदरबार निर्माण भई रहेको छ । त्यस्तै सिन्धुलीगढी युद्धमा सबैभन्दा बढी मानिसले ज्यान गुमाएको रक्ते छाँगोमा समाधिपार्क निर्माणको तयारी भई रहेको छ ।

यि सबै संरचना निर्माण भई सकेपछि सिन्धुलीगढी घुम्न आउनेबाट बार्षिक पाँच करोड रुपैया आम्दानी लिने योजना कमलामाई नगरपालिकाले बनाएको छ ।

पहिले नाममात्रै रहेको सिन्धुलीगढी युद्ध संग्राहलय निर्माणपछि घुम्न लाएक ठाँउ भएको स्थानीय खनियाखर्क माविका प्रधानाध्यापक लेखबहादुर बस्नेत बताउनु हुन्छ । उहाँले भन्नुभयो, “जतिसुकै व्यस्त मान्छे अहिले सिन्धुलीगढी पुगेपछि कम्तीमा पनि डेढ घण्टा समय खर्च भएको पत्तै पाउदैन । त्यहा बनेको संरचना हेर्दा हेर्दै उक्त समय बित्द छ ।”

नगरपालिकाका अनुसार अहिले सिन्धुलीगढी घुम्न आउने मानिसले संग्राहलय भित्र संग्रहित गरि राखिएको थिएटर मार्फत गढीको ऐतिहासिक सामरिक महत्वको बृत्त चित्रको प्रर्दशनी, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालिन युद्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक लगायत ऐतिहासिक बस्तुहरु अबलोकन गर्न पाउने व्यवस्था मिलाईएको छ ।

उक्त संग्रालयको परिसरमा निर्माण भएको बिर योद्धाहरु श्रीहर्ष पन्त, बंशु गुरुङ, बंशराज पाण्डे र बिरभद्र उपाध्यायको प्रतिमा, ठूलोगढी, सानोगढी, युद्धमा प्रयोग भएका किल्ला, पृथ्वीनारायण साहको पूर्णकदको शालिकले सिन्धुलीगढीको ऐतिहासिक महत्वमा उर्जा थपेको उक्त गढी घुम्न आउनु भएका स्थानीय बासिन्दा बलराम बरालले बताउनुभयो ।

अझ त्यहा बन्न बाँकी रहेको भौतिक संम्रचनाहरु निर्माण भएपछि सिन्धुलीगढी नेपालका पर्यटकिय प्रमुख गन्तव्य मध्येको एकमा पर्ने उहाँको ठम्याई छ ।

उक्त संग्राहलय नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत २०७६ साल माघ महिनादेखि युद्ध संग्राहलय बनाउन सुरु गरिएको थियो । उक्त संग्राहलय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको थियो ।

गणका गणपति बिजय थापाले नेपाली सेनाको करिब सात करोड रुपैया लागतमा सिन्धुलीगढीमा युद्ध संग्राहलय निर्माण भएको जानकारी दिनुभयो । करिब छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा ंछ कोठे एक तल्ले संग्राहलय निर्माण भएको छ ।

नेपाल एकिकरणका बेला बिं. सं. १८२४ असोज १५ गते काठमाडौँ कब्जा गर्न कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई सिन्धुलीगढीको युद्धमा गोर्खाली सेनाले हराएकोले उक्त स्थानको ऐतिहासिक महत्व रहेको जनाईएको छ ।

प्रतिक्रिया