काठमाडौं,२६ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५२ पैसा र विक्रीदर ११९ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ३१ पैसा र विक्रीदर १४० रुपैयाँ ०२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५८ पैसा र विक्रीदर १६५ रुपैयाँ ४१ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २१ पैसा र विक्रीदर १९ रुपैयाँ ८६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०२ पैसा र विक्रीदर ८७ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ४८ पैसा र विक्रीदर ९४ रुपैयाँ ९५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७६ पैसा र विक्रीदर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र विक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५५ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र विक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०३ पैसा र विक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ३८ पैसा र विक्रीदर ८८ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २३ पैसा र विक्रीदर १५ रुपैयाँ ३१ पैसा रहेको छ ।
