शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीगढीको युद्ध संग्राहालय एक हप्तामा १ लाख वढी रकम संकलन

आइतवार , श्रावण २४, २०७८

सिन्धुली – सिन्धुलीगढीको युद्ध संग्राहालय अवलोकन गर्न आउनेको लर्को लागेको छ । गत शनिबार बाट सर्वसाधरणको लागि खुल्ला गरिएको युद्ध संग्रहालयमा पर्यटकको घुँइचो लागेको कमलामाई नगरपालिकाले जनाएको छ ।

गत शनिबार( साउन १६ गते) देखि (हिजो साउन २३ गते) शनिबार सम्म १ लाख २ हजार ५ सय शुल्क उठेको कमलामाई नगरपालिकाका सूचना अधिकारी निर्मल लामाले बताउनुभयो । सिन्धुलीगढी युद्ध संग्रहालय अवलोकन गर्नका लागि आन्तरिक तथा वाह्य पर्यटकको घुईचो लागेको उहाँले बताउनुभयो । शनिबार मात्र ८ सय ३४ जना पर्यटकहरुले संग्रहालयको अवलोकन गरेको लामाले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाले युद्ध संग्रहालय अवलोकन गर्न आउनेलाई प्रवेश शुल्क तोकेको छ । कमलामाई नगरपालिकाका निर्वाचित जनप्रतिनिधि,७० वर्ष माथिका जेष्ठ नागरिक, बहालवाला नेपानी सेना,कमलामाई नगरपालिकाका कर्मचारी, संग्रहालयलाई पुरातात्विक एवम् ऐतिहासिक बस्तु उपलब्ध गराउने व्यक्तिहरुले भने युद्ध संग्रहालय निशुल्क अवलोकन गर्न पाउने छन् ।

यस्तै चलचित्र लगायत अन्य व्यवसायिक रुपमा मनोरञ्जन दिने हेतुले निर्माण हुने चलचित्र छायाँकंन गर्नेलाई कमलामाईबाट स्वीकृत लिइ प्रति दिन ५ हजार तिर्नु पर्ने तोकिएको छ । विदेशी अवलोकन कर्तालाई प्रति व्यक्ति २ सय, स्वदेशी अवलोकन कर्ताहरुलाई प्रति व्यक्ति ५० रुपैया र विद्यार्थी,अनुसन्धानकर्ता, निलो र रातो अपांगता परिचपयपत्र धारक र भुपु नेपाली सेनालाई प्रति व्यक्ति २५ रुपैया तोकिएको छ ।

युद्ध संग्रहालयमा वीर योद्धाहरुको नामांकन गरिएको छ । संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु राखिएको छ । त्यस्तै तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशन लगायत संग्रह गरिएको छ ।

नवनिर्मित सिन्धुलीगढी युद्ध संग्रहालय गत श्रावण १३ गते माहामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले उदघटन गर्नुभएको थियो ।

प्रतिक्रिया