बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा महिला सुरक्षाको चुनौति

आइतवार , श्रावण २४, २०७८

सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रका पुल, होटल तथा अन्धकार ठाउँहरुमा अहिले पनि महिलाहरु आफू सुरक्षित छु भनेर निर्धक्क भएर हिँड्न सकिरहेका छैनन् । युवाहरुको भिड हुने त्यस्ता ठाउँहरुबाट युवतिहरु हिँड्दा जिब्रो पड्काउने त सामान्य जस्तै भएको छ । उनीहरु अश्लिल शब्द बोल्दै महिलालाई छुनै पनि खोज्छन् । जिल्लाको सदरमुकाममै यस्तो छ भने भित्रि ठाउँहरुमा महिला सुरक्षाको अवस्था कस्तो होला ?

महिलाहरु सुरक्षित तरिकाले हिँड्ने अवस्था पनि नरहेको हुँदा जिल्ला प्रहरी कार्यालय सिन्धुली लगायत सम्बन्धि सबै पक्षले यस विषयमा गम्भिर भएर सोच्न आवश्यक छ । युवाहरुको जक्सन हुने ठाउँहरुको पहिचान गरि त्यस्ता ठाउँबाट तीनिहरुलाई हटाउन प्रहरीले भुमिका खेल्नुपर्दछ । विशेषगरि, पुलको आसपास, बाँसघारी लगायत शान्त ठाउँहरुमा लागुऔषध सेवन गर्ने युवाहरु बस्ने गरेका छन् । जिल्लामा जडित सिसिक्यामेराको प्रयोग गरेर वा गस्ति बढाएरै भएपनि महिलाको सुरक्षामा जिम्मेवार निकायले विशेष जोड दिन आवश्यक छ ।

सामुदायिक प्रहरी साझेदार कार्यक्रमलाई थप प्रभावकारी बनाउन समुदायमा पुगेर महिला सुरक्षाको विपयमा व्यापक जनचेतना फैलाउन तर्फ प्रहरील केन्द्रित हुन जरुरी छ । त्यसैगरि, हरेक नागरिकले महिलाको सुरक्षा आफ्नो दायित्व भन्ने मानसिकता राख्नुपर्छ ।

अतः अहिलेका दिनहरुमा जिल्लामा महिलाहरु असुरक्षित भएको भन्दै व्यापक गुनासो आइरहेको अवस्थामा महिला सुरक्षामा विशेष जोडि दिन आवश्यक छ ।

प्रतिक्रिया