शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एसईईमा सिन्धुलीबाट ५३ जनाको सतप्रतिशत जिपिए (सम्पूर्ण विवरण सहित)

शनिवार , श्रावण २३, २०७८

सिन्धुली– राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर शनिबार नतिजा प्रकशन गरेको हो ।

बोर्डको शनिवार बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । सिन्धुलीबाट ६ हजार १ सय ३२ जना परिक्षार्थी एसईईमा सहभागि रहेकोमा कुल ५३ जनाले ४ जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ, सिधुन्लीका प्रमुख शान्तिराम पौडेलले जानकारी दिनुभयो । त्यस्तै, ३.९५ जिपिए ल्याउने ६४ जना, ३.९० जिपिए ल्याउने ५५, ३.८५ जिपिए ल्याउने ४२, ३.८० जिपिए ल्याउने ३२, ३.७५ जिपिए ल्याउने ३९, ३.७० जिपिए ल्याउने ५० र ३.६५ जिपिए ल्याउने ५३ रहेका छन् । त्यस्तै, जिपिए ३.६० देखि ३.२५ ल्याउने ९ सय ९ जना, ३.२० देखि २.८५ ल्याउने २ हजा ४४, २.४० देखि २.४५ ल्याउने १ हजार ४ सय ८९ र २.४० देखि २.०५ सम्म ल्याउने २ सय ५७ जना रहेका छन् ।

परिक्षामा १४ जना अनुपस्थित रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । प्राविधिक तर्फ दुई सय ११ जना परिक्षार्थी सहभागि रहेकोमा एकजनाले जिपिए ४ ल्याएका छन् भने ३.९६ देखि ३.६४ सम्म ल्याउने ३९ जना, ३.६० देखि ३.२४ सम्म १ सय ५ ३.२४ देखि २.८४ सम्म ६४ जना, २.८० देखि २.७६ सम्म २ जना रहेका छन् ।

ग्र्रेडवृद्धिकालागि ६५ जनाको नतिजा सार्वजनिक भएको छ भने दुई जना अनुपस्थित देखिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । सामुदायिक तर्फका ५ हजार ६ सय १६ जना विद्यार्थी परिक्षामा समावेश भएका थिए । यस्तै संस्थागत ५ सय १६ जना विद्यार्थी समावेश भएका थिए । जम्मा १ सय ४४ वटा विद्यालय सहभागि समावेश भएका थिए । जसमा संस्थागत विद्यालय २३ वटा र १ सय २१ सामुदायिक विद्यालय रहेका छन् ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाईमा पठाएका थिए भने इकाईले राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया