शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका युवा व्यवसायी श्रेष्ठद्वारा जन्मदिनमा फलफुल वितरण

शनिवार , श्रावण २३, २०७८

सिन्धुली– सिन्धुलीका युवा व्यवसायी गंगालाल श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विरामीलाई फलफुल वितरण गर्नु भएको छ । शनिबार श्रेष्ठको ३१ औ जन्मदिनको अवसरमा सिन्धुली अस्पतालमा भर्ना भइ उपचारत विरामी र कोभिड अस्पतालमा उपचारत विरामीलाई फलफुल वितरण गर्नु भएको हो ।

श्रेष्ठले जन्मदिनको अवसरमा जिल्ला अस्पतालमा पुगेर बिरामीको स्वास्थ्यलाभको कामना सहित ७ हजार भन्दा वढीको स्याउ, केरा, अनार र फ्रुटि वितरण गर्नुभएको छ । प्रायजसो मानिसहरुले आफ्नो जन्मदिन ठूला ठूला होटलमा गएर भव्य खर्च गरेर मनाउने गर्छन । तर, युवा व्यवसायी श्रेष्ठले आफ्नो जन्मदिनमा बिरामीलाई फलफूल वितरण गरी मनाउनुभएको छ । उहाँले आफ्नो जन्मदिनको दिन बिरामीहरुको सेवा गर्ने उद्देश्यले अस्पतालमा मनाएको बताउनुभयो । आफ्नो जन्मदिन बिरामीको सेवा गरेर मनाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो । फलफुले विरामीको स्वास्थ्यमा केहि हद सम्म सहयोग गर्ने भएकाले फलफुल वितरण गरेको उहाँको भनाइ छ ।

कमलामाई नगरपालिका ५ सिलामेका श्रेष्ठ विगत १२ बर्ष देखि मेसिनरी व्यवसाय साथै हाल कमलामाई नगरपालिका ६ रातमाटामा टिभिएस बाइक सोरुमको संचालक समेत रहनु भएको छ ।

प्रतिक्रिया