सिन्धुली –बागमती प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कमलामाई नगरपालिकामा ऐलानी जग्गा नापी कार्यलाई नरोक्न निर्देशन दिनु भएको छ । मन्त्री लामाले संघीय आयोग खारेज भएपनि प्रदेश र स्थानीय तहबाट काम नरोकी कामलाई अगाडि बढाउन निर्देशन दिनु हो । बिहिबार मन्त्री लामाले कमलामाई नगरपालिकाको अव्यवस्थीत ऐलानी जग्गा नापी सम्बन्धि प्रगती बारे जानकारी लिनु भएको थियो ।
नगरपालिकाको अव्यवस्थित ऐलानी जग्गा नापी सम्बन्धि उपप्रमुख मन्जु देबकोटाले मन्त्री लामालाई जानकारी गराउनु भएको थियो । उपप्रमुख देवकोटाका अनुसार हाल सम्म १ सय ३७ वटा ऐलानी जग्गा नापि भएको र ८० वटा ऐलानी जग्गा नापी हुन बाँकी रहेको छ ।
यस्तै उपप्रमुख देवकोटाले नगरपालिकामा परेका नापी सम्बन्धि समस्या र आयोगको खारेजी पछि प्रदेशको भुमिकाको बारे मन्त्री लामासँग छलफल भएको बताउनुभयो ।
कमलामाई नगरपालिका अव्यवस्थित भूमि व्यवस्था समितिका संयोजक देवराज पौडेलको अध्यक्षता तथा बागमती प्रदेशका भुमी ब्यबस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उपप्रमुख मन्जु देवकोटा लगाएत नगरपालिकाको कर्मचारीको उपस्थिति रहेको थियो ।