बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

खेतियोग्य जमिन कटान नियन्त्रणमा जोड दिऔँ

शुक्रवार , श्रावण २२, २०७८

सिन्धुलीमा बाढीले सयौँ हेक्टर खेतियोग्य जमिन कटान गरेको छ । मनसुन शुरु भएसँगै कमला, मरिण र चदाहा नदिमा आएको बाढिले जिल्लाको सयौँ हेक्टर खेतियोग्य जमिन कटान गरिरहेको छ । विशेषगरि, जिल्लाको मरिण, तीनपाटन, कमलामाई र दुधौली क्षेत्रमा बाढीले धेरै जसो खेतियोग्य जमिन कटान गरिरहेको छ । वर्षेनि खेतियोग्य जमिन कटान हुने क्रम बढिरहेको छ । बाढीले वस्तीनै जोखिममा पर्ने गरेको छ ।

बाढिले जमिन कटान हुने भएपनि स्थानिय सरकारले नदि नियन्त्रणकालागि बजेट विनियोजन गरेतापनि उपलब्धिमुलक काम भने हुन सकेको छैन । जसका कारण वर्षेनि जनधनको क्षति भइरहेको छ । नदिमा आउने बाढी र त्यस्ले निम्ताउने समस्याको समाधान गर्न वर्षेनि तीनै तहको सरकारले काम गरिरहेको भएपनि नियन्त्रण भने हुन सकेको छैन । तसर्थ, तीनै तहका सरकारले बाढीले निम्ताउने समस्याको दीर्घकालिन समाधानकालागि आवश्यक कदम चाल्न कञ्जुस्याई गर्नुहुदैँन ।

नदि उत्खनन्, अव्यवस्थित शहरीकरण, रुख कटान लगायत विभिन्न कार्यले गर्दा बाढीले धेरै जनधनको क्षति पुर्‍याईरहेको छ । सिन्धुलीमा वर्षेनि बाढीका कारण स्थानिय त्रसित बन्नुपरिरहेको अवस्था छ । स्थानियमा चेतनाको कमिा र नेतृत्वकर्ताको अस्पष्ट नितिका कारण समस्या बढ्दै गएको छ ।

गुणस्तरहिन तटबन्धन निर्माणले गर्दा पनि राज्यको लगानिमा बालुवामा पानी हाले सरह भएको छ । अतः नदि कटानको समस्यालाई नियन्त्रण गर्न सम्बन्धित निकाय थप चनाखो भई जिम्मेवारीपुर्वक आवश्यक कदम चाल्न तर्फ केन्द्रित हुन जरुरी छ ।

प्रतिक्रिया