शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार , श्रावण २२, २०७८

सिन्धुली – सिन्धुलीमा बिहिवारथप २४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ५५ जनाको स्वाव परिक्षण गरिएकोमा १३ जना महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ९९ जना पुगेको छ ।

यस्तै हाल होम आईसोलेसनमा ३ सय १३ जना र संस्थागत आईसोलेसनमा १३ जना गरि ३ सय ३२ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म २ हजार ५ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

बिहीबार तीन जार ९३८ मा संक्रमण

रासस

काठमाडौँ,– कोरोना भाइरसको संक्रमण बिहिवार एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बिहिवार १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा संक्रमण देखिएको हो । बुधबार चार हजार १०७ जनामा देखिएको थियो ।

उपत्यकामा एक हजार ७५

काठमाडौँ उपत्यकामा एक हजार ७५ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै संक्रमणबाट निको हुनेको संख्या विगत २४ घण्टामा दुई हजार १२ जना छ । अहिलेसम्म यो संक्रमणबाट निको हुने छ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३।७ प्रतिशत रहेको छ ।

यस्तै विगत २४ घण्टामा ३७ जनाको यही संक्रमणका कारण निधन भएको छ । अहिलेसम्म नौ हजार ९९४ जना निको भएको बताइएको छ । सक्रिय संक्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ जना होम आइसोलेशन, तीन हजार ३१४ जना संस्थागत आइसोलेशन र ३७५ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।

प्रतिक्रिया