शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका कृषकहरु अन्नबाली छाडेर कटहर खेतिमा आकर्षित

बिहिवार , श्रावण २१, २०७८

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–८ करकरे र बाघमाराका किसानहरूले व्यवसायीक भुइँकटहर खेतीबाट लाखौँ आम्दानी गरिरहेका छन् । कोदो र मकै फल्ने बारीमा अहिले किसानहरूले व्यवसायीक रुपमा भुइँकटहर रोपेका हुन् ।

कोदो, मकै लगायतका अन्नबाली भन्दा कटहरबाट राम्रो उत्पादन हुने भएको भन्दै करकरे र बाघमाराका किसान कटहर खेतीमा आर्कषित भएको बताउँछन् । पहिले एकादुई जनाले आँफुलाई खानलाई मात्र रोपेको कटहर अहिले भने प्रत्येक किसानले ५ कठ्ठा भन्दा बढी जमिनमा रोपेका छन् । कटहरको एक सिजनमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका किसान बताउँछन् ।

बाघमाराका स्थानीय शेर बहादुर तामाङको २०५३ सालमा आफ्नो बाँझो जमिनमा खानको लागि रोपेको कटहर अहिले जीविकोपार्जनका लागि साहारा बनेको छ । उहाँले अहिले १५ कठ्ठा भन्दा वढी जमिनमा कटहर रोप्नु भएको छ । ‘पहिले एकदुइ बोट खानको लागि कटहर लगाएको थियो । अरु फलफुल भन्दा कटहरबाट रामै्र आम्दानी होला जस्तो लाग्यो ।’ उहाँले भन्नुभयो, ‘पछि कटहर खेती गर्न थाले । कोदो, मकैहरु भन्दा राम्रो आम्दानी कटहरबाटै भयो ।’ उहाँले भुइँकटहरबाटै वार्षिक रुपमा २ देखि ३ लाख रुपैयाँ आम्दानी भएको बताउनुभयो । ‘धेरै मेहनत पनि गर्नु पर्दैन, वर्षमा २ पटक गोडमेल गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘दानाको ६० रुपैयाँदेखि ७० रुपैयाँसम्मा बिक्री हुन्छ । बजारको पनि केही समस्या छैन ।’ लोकल र हाईब्रेड दुवै थरी कटहर राप्नुभएको उहाँको ग्राहकले भने लोकल कटहर नै रुचाउछन् ।

घरै अगाढीको बाटोहुँदै सवारी आवत–जावत गर्ने भएकाले पनि बिक्री नहोला भन्ने कुनै चिन्ता छैन । घरैबाट उहाँले अहिले सानो दानाको लोकल कटहर ६०, ठुलोको ७० र हाईब्रेड कटर सय रुपैयाँमा बिक्री गरिरहनु भएको छ । ‘वीपी राजमार्ग संचालन अघि बर्दिबास पुग्नु पर्दथ्योँ । वदिवास सम्म पु¥याउदाँ गाडि भाडा मै सबै पैसा खर्च हुन्थोँ ।’ शेर बहादुरले भन्नुभयो, ‘बिक्री त हुन्थ्यो । तर गाडि भाडा तिर्दै सकिन्थो, अहिले त आँफै बेच्छु कमाई राम्रो छ ।’ असारको अन्तिम देखि साउन महिनाको अन्तिमसम्म उहाँले कटहरबाट ६० हजार आम्दानी गरेको बताउनुभयो । गत वर्ष १ लाख वढी आम्दानी गरेका शेरबहादुरले यो वर्ष भने खडेरीले भने जति आम्दानी गर्न नसकेको बताउनुभयो । ‘पोहोरको भन्दा कम आम्दानी भयो । कटहरको बोट पनि पुरानो भयो’, उहाँले भन्नुभयो । कटहरसँगै उहाँले मौसमी फलफूलहरू लिच्चि, आँप लगाएतका फलफुल समेत लगाउनु भएको छ । अर्को वर्ष देखि लिच्ची थप लगाउने तयारी गरेको उहाँले सुनाउनुभयो । शेरबहादुर जस्तै बाघमाराका १० घरपरिवारले व्यवसायीक रुपमा कटहर खेति गरिरहेका छन् । बाघमारा क्षेत्रमा पानीको अभावको कारण भने जति कटहर उत्पादन गर्न नसकेको किसानहरुले गुनासो गरेका छन् ।

यस्तै करकरेका स्थानिय गणेशमान श्रेष्ठले पनि अन्नबाली लगाउन छाडेर कटहर खेति सुरु गर्नु भएको छ । ‘कटहरबाट राम्रो आम्दानी भयो । मकै र कोदोबाट उल्टै ऋण लाग्थ्यो ।’ उहाँले भन्नुभयो, ‘अन्न रोप्यो बीऊको मुल्य नै नआउने, काम गर्ने मान्छे पनि नपाईने, त्यसैले जमिन पनि बाँझै थियो । तर अहिले यसैले गर्जाे टरेको छ ।’

नगरपालिकाको वडा नं ८ करकरे क्षेत्रलार्ई कमलामाई नगरपालिका सिन्धुलीले कटहर पकेट क्षेत्र घोषण गरेको छ । कमलामाई नगरपालिकाले खटहर खेतिको लागि करकरेमा सिँचाइ, विरुवा, तालिम लगाएत आवश्यक सामाग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको कमलामाई नगरपालिकाका कृषि प्राविधिक देवी सापकोटाले बताउनुभयो । साथै उहाँले किसानलाई प्राविधिक, विरुवा लगाएत कृषि सामग्रीको आवश्यक भएमा कमलामाई नगरपालिकामा सम्र्पक गर्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया