सिन्धुली– सिन्धुलीमा बिहिबार बिहान गाडी दुर्घट्ना भएको छ । जिल्लाको तिनपाटन गाउँपालिका–४ स्थित गैरि खानिमा फोर्स गाडी दुर्घट्नामा परेको हो । ना १ ज ८४७१ नम्बरको फोर्स गाडी ब्रेक फेल भएर धान बारिमा खसेको स्थानिय रमेश कार्कीले बताउनुभयो । मानविय क्षति नभएपनि गाढीमा भने क्षति पुगेको छ । गाढीमा सवार ९ जनानै सामान्य घाइते भएको र उनीहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो । दुर्घट्ना भएको स्थान चकमके पारी पर्दछ ।

तस्बिरः बरुण घिमिरेको फेसबुकबाट