शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा २९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

बिहिवार , श्रावण २१, २०७८

सिन्धुली– सिन्धुलीमा बुधबार थप २९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ७७ जनाको स्वाव परिक्षण गरिएकोमा ९ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ५५ जना पुगेको छ ।

यस्तै १० जना कोरोना संक्रमण मुक्त भएका छन् । ६ जना महिला र ४ जना पुरुष गरि जम्मा १० जना संक्रमण मुक्त भएकोे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ५ सय ९ पुगेको छ । यस्तै हाल होम आईसोलेसनमा २ सय ९३ जना र संस्थागत आईसोलेसनमा १५ जना गरि ३ सय ८ जना संक्रिय संक्रमित रहेका छन् भने ३८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

नेपालभर संक्रमण चार हजार नाघ्यो

कोरोना भाइरसको संक्रमण बुधबार चार हजार १०७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण भएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण देखिएको छ ।

यस्तै बुधबार एक हजार ५३५ संक्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । यस्तै काठमाडौँ उपत्यकामा एक हजार २७९ संक्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया