सिन्धुली–सिन्धुलीमा घरमै सुतिरहेको एकजनाको मृत्यु भएको छ । गत असार २५ गते लडेर घाइते भएका भिम बहादुर सार्कीको झण्डै एकमहिनापछि घरमै मृत्यु भएको हो । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ बित्तिजोरका १३ वर्षिया सार्की खानेपानीको पाईप बिछ्याउने क्रममा खानखोलाको भिरबाट २०० मिटर तल खसी घाइते भएका थिए ।

बाहिरी चोट नेखएिपनि बोल्न नसक्ने भएपछि उपचारको लागि धुलिखेल अस्पताल लगेकोमा सार्कीको उपचार हुन नसकी घरमै राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनलाई गत शनिबार धुलिखेलबाट सिन्धुली ल्याइएकोमा आज राति साढे १२ बजे मृत अवस्थामा भेटिएका थिए । लासको मुचुल्का कार्य लगाएको कार्य सम्पन्न गरि पोष्टमार्टम कार्यको लागि सिन्धुली अस्पतालमा पठाइएको छ । साथै, थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्न्धिुलीका प्रवक्त प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभएको छ ।