शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा कोरोना कै बिच मन्दिरमा भक्तजनको भिड, स्थानिय सरकार मौन(भिडियो)

मंगलवार , श्रावण १९, २०७८

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिका ११ को इच्छाश्वरि महादेव मन्दिरमा बिहान देखि भक्तजनको भिड लागेको छ । विहान २ बजेबाट भक्तजनको लागि खुल्ला गरिएको मन्दिरमा विहान ८ बजे सम्म १५ सय भन्दा वढिले दर्शन गरिसकेका थिए । मन्दिरमा बोलबम तीर्थालुहरुको भिड लागेको हो ।

सर्लाहि, महोतरि, बदिबास, सिराहा लगाएत तराई जिल्लाका बोलबम तिर्थालुहरु आइतबार नै तिनपाटन गाउँपालिका ११ चकमके आएका थिए । आइतबार चकमकेमा बोलबम तीर्थालुहरुको चहलपहल थियो । तिर्थालुहरु आइताबार १२ बजे राति देखि नै मन्दिर जान तयारी भइरहेका थिए । बोलबम तिर्थालुहरुले चकमकेका होटल भरिभराउ थिए । मन्दिरमा पुजा गर्न धेरै समय पालो कुर्नु पर्ने भएकाले १२ बजे नै मन्दिर जाने सिराहाका नविन दनुवारले बताउनुभयो । “राति १२ बजे नै मन्दिर जान तयारी हुन्छौ, अलि छिटो मन्दिर पुगे छिटै पुजा गर्न पाइन्छ ।” दनुवारले भन्नुभयो, “पुजा गरेर त्यहि दिन सिराह फर्किनु पर्छ, फेरि अरु मन्दिर नि जानु पर्छ । ”

साउन महिना भरिनै शिवाल मन्दिर पुर्जा गर्न जाने उहाँले बताउनुभयो । विहान २ बजेबाट खुल्ला गरिएको इच्छेश्वरि महादेव मन्दिरमा भक्तिजनको घूइचो थियो । मन्दिरका पुजारी चेत बहादुर खत्रीका अनुसार राती २ बजे देखि मन्दिरमा पुर्जा गर्नको भिड लागेको थियो । जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रका सम्पूर्ण शिवालय मन्दिर साउन महिना सम्म बन्द गर्न निर्देशन दिएको छ । तर इच्छेश्वरी महादेव मन्दिरमा पुर्जा गर्न आएका भक्तजनहरु कसैले पनि स्वास्थ्य मापदण्ड पालना समते गरेका थिएनन् । मन्दिरमा ठुलो संख्यामा भक्तजनाको भिड वढेपनि स्थानिय सरकारले भने वेवास्ता गरेको छ ।

तिनपाटन गाउँपालिकाका उपाध्यक्ष पदम मायाँ तामाङ आफै भिडमा बसेर पुजा गदै हुनुहन्थो । उहाँले कोरोनाको जोखिम कम भइसकेको भन्दै मास्कको समेत प्रयोग नगरि पुजा गरेर फर्किनु भएको थियो ।

यस्तै मन्दिर व्यवस्थापन समितिले समेत भक्तजनको भिड व्यवस्थापन गर्न केहि पहल गरेको थिएन । मन्दिरमा पुर्जा गर्न आएका भक्तजनलाई आफुहरुले रोक्न नसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तामाङ्गले बताउनुभयो ।

यस्तै भिड नियन्त्रण गर्न खटिएका प्रहरीले समेत मास्क प्रयोग गरेका थिएनन् । विहान ४ बजे बाट मन्दिरमा भक्तजनको भिडलाई व्यवस्थापन गर्न खटिएका प्रहरीले भक्तजनले अटेरि गरेको बताएका छन् ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने आफुलााई उक्त तिर्थ स्थलका बारेमा पयाप्त जानकारी नभएको र स्थानिय सरकारले समेत जानकारी नगराएको बताउनुभयो । सार्थै उहाँले अर्को साता सोमबारदेखि जिल्लाका सम्पूर्ण शिवालय र तिर्थस्थलको जानकारी लिएर सार्वधान अपनाउन जोड दिने बताउनुभयो । जिल्लामा हाल कोभिड १९ का विरामी वढि रहेका छन् । अस्पतालमा वेड अभाव हुन थालेको छ ।

प्रतिक्रिया