शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा प्रादेशिक सडक डिभिजन कार्यालय स्थापना

बिहिवार , श्रावण १४, २०७८

प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीमाढीमा स्थापना भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको प्रादेशिक सडक डिभिजन कार्यालय विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सिन्धुलीमाढीमा स्थापना भएको हो । प्रादेशिक सडक डिभिजन कार्यालयले बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा संचालन भएका पुर्वाधार निर्माणका योजना हेर्न छ । प्रदेश सभा सदस्य विनोद कुमार खड्काले प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीमा आए सँगै नागरिकलाई सेवा लिन सजिलो भएको बताउनुभयो । साथै उहाँले जिल्लामा संचालन भएका पुर्वाधार निर्माणको काम चुस्तदुस्त हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सिन्धुलीमाढीमा कार्यालय आए सँगै प्रदेशबाट जिल्लामा संचालन भएका पुर्वाधार निर्माणका काम गुणस्तर हुने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले सिन्धुली–चकमके सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा सडक बिग्रीदा स्थानियले सास्ती खेपनु परेको साथै सडक नै अवरुद्ध हुने अवस्था आएको जानकारी गराउदै उक्त स्थानमा मर्मत गर्न कार्यालयलाई आग्रह गर्नु भयो । साथै प्रजिअ न्यौपानेले पुर्वाधारका काममा गुणस्तरलाइ ध्यान दिइ दिगो विकास निर्माण गर्न कार्यालयलाई अनुरोध गर्नु भयो ।

सिन्धुली जिल्लामा संचालन भएका सडकका पुर्वाधार निर्माणका योजनाका काम प्रभावकारी बनाउने प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देव नारायण यादवले बताउनुभयो ।उहाँले जिल्लामा संचालन भएको पुर्वाधारका योजना समयमा सम्पन्न गरि गुणस्तरयुक्त निर्माणका काम सम्पन्न गर्नेे प्रतिवद्धता व्यक्त गर्नु भयो । निर्माणधीन सिन्धुली–भिमस्थान–चकमके सडक अन्र्ततको डाइभर्सनको ठुलीटार र लुगेलिटारमा विग्रेएको सडक भोली नै ग्राबेल हाल्ने साथै मर्मत गर्न कार्यालय प्रमुख यादवले बताउनुभयो । जिल्लाको सडक निर्माणमा भएका कमिकमजोरीलाई सच्याउने उहाँको भनाइ छ ।

प्रतिक्रिया