बागमती प्रदेश सरकार मार्फत सिन्धुली जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
बागमती प्रदेशसभा सदस्य विनोद कुमार खड्काको निर्वाचन सिन्धुली क्षेत्र २ प्रदेश (क) अन्तर्गत कमलामाई नगरपालिकाको ९, १३, १४ बाहेका वडा र सुनकोशी गाउँपालिकामा सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी, सिँचाइ लगायतका योजना सञ्चालन हुने उहाँको सचिवालयले जानकारी दिएको छ । कमलामाई नगरपालिका ३ को ऐतिहासिक स्थल सिन्धुलगढीको रानी दरबार पुन निर्माणका लागि ४ करोड २४ लाख ५४ हजार, कमलामाई नगरपालिका ४ च्याउकोट डाँडामा ऐतिहासिक सिद्धबाबामा भ्यू टावर निर्माणका १ करोड ८४ लाख ३२ हजार, सिन्धुलीगढीमा हिल स्टेशन प्याकेज निर्माणका लागि १ करोड ८६ लाख ७० हजार सिद्धबाबा मन्दिर देखि सिद्धबाबा भ्यू टावर सम्म पर्यटकीय पदमार्ग र भ्यू टावर परिसरमा शौचालय निर्माणका लागि १० लाख बजेट विनियोज भएको छ ।
यस्तै सिन्धुलीमाढीको शिद्धेश्व खानेपानी आयोजनाका लागि २ करोड ७४ लाख, सिन्धुलीमाढीमा सिन्धुली रङ्गशाला निर्माणको लागि ३ करोड ६४ लाख, सुनकोशी गाउँपालिका ३ को गुठबजार लिप्ट सिंचाइ योजना निर्माण २० लाख, कमलामाइ सिंचाइ योजना ५० लाख, धोबिखोला सडक पुल (मुल्कोट अमारे सडक) ५० लाख, अमारे गहँुखर्क जोड्ने सडकमा आरुबोटे खोला पुल ४० लाख, कनपा ७ को गडौली ठुलीटार सिंचाइ योजना १ करोड ८० लाख, कनपा १२ को शिवालय सिके सिंचाइ कुलो निर्माणमा १ करोड, कमलामाई नगरपालिका ९ र १० जोड्ने दुधौली जाने बाटोको कमला नदिमा पक्कि पुल निर्माणमा ७ करोड ५० लाख, गैरिबजार मधुटार ग्वाङखोलामा पक्कि पुल निर्माण १ करोड, कनपा ७ को गडौली खोला पुल १ करोड बजेट विनियोज भएको प्रदेशसभा सासंद विनोद कुमार खडकाले जानकारी दिनुभयो ।
यस्तै कनपा ४ को केवरे केरावारी सडक स्तरोउन्न्तीका लागि १ करोड, एकपाखे छतिवन सिक्रे १ करोड, कनपा १० को भडारखोला सडक स्तरोन्नती र विस्तार २० लाख, कनपा ११ को फिटिङ भिरगाउँ सडक २४ लाख, सुनकोशी गाउँपालिका ६ को खहरे अमारे सडक , कनपा ७ को शिखरडाँडा हरिथुम्का सडक स्तरोन्नती, कनपा १२ को भ्याकुरे सरस्वती सातदोबाटो सडक स्तरोन्नती, कनपा ५ को गैयाटार आहाले बोझे सडक स्तरोन्नती, कनपा ८ को माइस्थान पाथीपरान सडक स्तरोन्नती, कनपा ६को दुग्ध संकलन तथा प्रसोधन केन्द्र स्थापना, सुकोशी गाउँपालिका ५ को भोटेखोला परेवाडाडा खानेपानी योजना, सुनकोशी गाउँपालिका ४ को भोर्लेनी नबोबुद्ध प्रावि डाँगी काफ्ले चौर सडक, सनकोशी गाउँपालिका ३ र ४ को गणेशस्थान कालिमाटी सडक र सुनकोशी २ र ४ को सिरुवानी धोवीखोला कोटगाउँ सडकका लागि बिस–बिस लाख बजेट विनियोजन भएको सासंद खड्काले बताउनुभयो ।
यस्तै कमलामाइ नगरपालिकाको दोवानटार डाडाँटोल कालोपत्रे १ करोड, नागी मतमनबास बन्दीपुर कोटगाउँ डाँगी काफ्ले चौर कृषि सडक १ करोड, कनपा १२ को थाकन खोला भ्याकुरे फाँट सिँचाइ योजना १० लाख, कनपा ५ र ६ को ग्वाङखोला लब्दाहखोला नदि नियन्त्रण ३० लाख, सुनकोशी १ को रोशी नदी नियन्त्रण योजना ४० लाख, कमला नदी नियन्त्रण योजना १ करोड ३० लाख, धमिलेखोला नियन्त्रण योजना २० लाख,सुनकोशी ३ को स्याले फाँट नियन्त्रण १० लाख, कनपा ७ को गडौली ठुलीटार सिंचाइ योजना १ करोड ८० लाख, कनपा १२ को शिवालय सिके सिंचाइ कुलो १ करोड, कनपा ११ को धमिले फाट सिंचाइ योजना ८५ लाख, कनपा १० को बेलाहा सरकारी टोल सिंचाइ योजना ४५ लाख, कनपा ११ को खड्कुले खोला आँपटार जसमानटार सिंचाइ १५ लाख, कनपा ११ कै धमिलेखोला जरायोटार सिंचाइ कुलो मर्मत १५ लाख,कनपा १२ को थांगखोला बाँझोफाट सिंचाइ कुलो मर्मत १५ लाख, सुनकोशी ७ को बाख्री खोला सल्लेरी फाँट सिचाइ कुलो १५ लाख बजेट विनियोज भएको छ। सिन्धुलीगढी हिल स्टेशनमा बहुउदेश्य भवन वन बगैचा र रानीदरबार संरक्षणको लागि पहिरो रोकथाम एवम वाल निर्माण ५० लाख, कनपा १० मा पुष्प लाल पार्क निर्माण १५ लाख, सुनकोशी ६ को आरुबोटे खोला पक्कि पुल २० लाख, सिन्धुली भिस्थान चकमके उदयपुर कटारी सडक निर्माण ८ करोड, सिन्धुलीगढी मझुवा काफलचौरी दुम्जा सडक निर्माण २ करोड,सिन्धुलीगढी मझुवा कफलचौरी दोस्रो डिपिआर र निर्माण १ करोड, चियाबारी पचभैया सडक स्तरोन्नती २० लाख, कनपा ७ को लुङ्गेलीटार दुम्की थाक्ले बाँसकटेरी सडक २ करोड ४० लाख, सुनकोशी ३ को शहिद गेट गुठबजार पंचकन्या सडक २५ लाख, नागी मतवास चालीसे बन्दिपुर डाँगी काफ्ले चौर सडक २५ लाख,कारागार कनपा ५ र ६ जोड्ने ग्वाङखोला पक्कि पुल २ करोड बजेट विनियोज भएको छ ।
कमलामाइ नगरपालिका र सुनकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा वाल निर्माणमा लागि ८ करोड ९१ लाख बजेट विजियोज भएको सासंद खड्काले बताउनुभयो।