ऐतिहासिक सिन्धुलीगढको जिल्ला भनेर परिचित सिन्धुलीलाई जुनारको जिल्लाको रुपमा समेत चिनिन्छ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा परिचित डोयहरुको वि.सं. १३६७ को काठमाण्डौ आक्रमण हुँदै राणाकाल तथा शाहकालीन समयसम्म राजनितिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ । यसरी आफ्नै छुट्टै पहिचान रहेको सिन्धुली जिल्ला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको बागमती प्रदेश अन्तर्गत रहेको छ ।
नमुना राजमार्गका रुपमा बिपी राजमार्ग निर्माण भई सञ्चालनमा आए पश्चात् प्रदेश नं. २ र प्रदेश नं. १ लाई राजधानीसँग जोडने प्रमुख द्वारको रूपमा विकसित भइरहेको छ ।
नेपाल जिवनस्तर सर्वेक्षण र पछिल्ला जनगणनाका आधारमा तयार गरिएको लघुक्षेत्र अनुमानका आधारमा सिन्धुली न्यून समृदिस्तर भएका जिल्लाहरुको सुचीमा पर्दछ । जुनार र जंगल आर्थिक बिकासको आधार मानिएको सिन्धुली जिल्ला नेपालको सबै भन्दा बढि जुनार उत्पादन गर्ने जिल्ला हो ।
सिन्धुली जिल्ला कुल क्षेत्रफलमध्ये मध्ये करिव ५६ प्रतिशत भूभाग वनजंगलले ढाकेको छ । त्यस बाहेक करिब ३० प्रतिशत मात्र खेतीयोग्य जमिन र ३ प्रतिशत बाँझो जमिन रहेको देखिन्छ । जिल्लाको करिब १६०१९१ हेक्टर (६४.८३) जमिन वनजंगल तथा बुट्यानले ढाकेको छ । सामान्यतयः यस जिल्लाको सम्पुर्ण भू–भाग पहाडले बनेको छ । यस क्षेत्रको भूमिमध्ये कमला नदी, तीनपाटन क्षेत्र र मरिण खोला धान तथा मकै बालीका लागि उत्तम क्षेत्र रहेको छ । त्यसै गरी जिल्लाको उत्तरी क्षेत्रमा फल्ने जुनार सिन्धुलीकै जिल्लाकै पहिचानको रुपमा रहेको छ भने भूइँकटहर तथा आँपका लागि पनि सिन्धुली जिल्ला परिचित नै रहेको छ ।
तर पर्याप्त शिक्षा तथा चेतनाको अभावले यहाँका वनजंगल विनास बढ्दै गएको छ । उत्तरको पहाडी क्षेत्रको भूमि त्यति उव्जाउ किसिमको छैन र यो क्षेत्रको धेरैजसो भूमि वनजंगल तथा वुट्यानले ढाकेको छ भिरालो जमिन भएकाले यहाँ पहिरो तथा भूक्षय हुने गरेको छ । त्यसै गरी अझ चुरे पर्वतमा पर्ने भू–भाग त बढी भिरालो धरातल कडा चट्टान र वालुवाले बनेकोले खेतीपातीको लागि उपयुक्त छैन ।
सिन्धुली २ नं बजारमा भएको गाईजात्राको तस्बिर

धुराबजार

२ नं बजारको तस्बिर

२ नं बजार, बुद्धनगरबाट खिचिएको तस्बिर

कनपा ५, मधुटार

माइस्थान क्षेत्र

२ नं बजार, कनपा ६
