शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा बलात्कार गर्ने पक्राउ

शुक्रवार , श्रावण ८, २०७८

सिुन्धली– सिन्धुलीमा २३ वर्षिय महिलालाई बलात्कार गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका वडा नम्बर २ भद्रकालीका २५ वर्षिय सागर थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । थिङलाई गत ०७७ मंसिर ९ गते जवरजस्ति करणी गरेको पिडित महिलाले दिएको जाहेरीको आधारमा यहि साउन ६ गते आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । थिङलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको नायबउपरिक्षक लामाले बताउनुभयो ।

प्रतिक्रिया