शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा विद्युत कटौती भइरहेको भन्दै सेवाग्रही आक्रोशित

शुक्रवार , श्रावण ८, २०७८

सिन्धुली – सिन्धुलीमा केहि महिना यता विद्युत कटौती भइरहेको भन्दै सेवाग्राहि आक्रोशित बनेका छन् । जिल्लामा केही दिनदेखि दैनिक दर्जनौँ पटक लाइन जाने गरेको स्थानीयको गुनासो छ । यसरी बेलाबेला बत्ति गइरदा सबै क्षेत्र प्रभावित बनिरहेका छन् ।

छिनछिनमै लाइन जाने समस्याले गर्दा आफुहरुलाई निकै गाह्रो भएको कमलामाई नगरपालिका ४ निवासी अप्सरा कार्कीको गुनासो छ । “हाम्रोमा बत्ती कतिखेर आउँछ । कतिखेर जान्छ । ठेगानै छैन”, उहाँले आक्रोशित हुँदै भन्नुभयोे, “यो कसको र कहाँ कमजोरी हो । यथाशिघ्र सुर्धानुपर्यो । अन्यथा हामी आन्दोलित हुन वाध्य हुनेछौं ।”

विद्युत गइरहदा अनलाइन कक्षा पढ्नु पर्ने विद्यार्थीहरुको कक्षा पनि प्रभावित भएको छ । कोरोना संक्रमणका कारण यति बेला सबै स्कुल, कलेजहरु बन्द हुँदा अनलाइन कक्षाहरु सञ्चालन भइरहेको छ । कक्षा सुरु भएपछि नसकुन्जेल धेरै पटक लाइन आउने जाने गर्दा आफुहरुको पढाई नराम्ररी प्रभावित भइरहेको विद्यार्थी अतिस्मा पुलामीले गुनासो गर्नुभयो ।

ढल्केबरको पावर ट्रान्सफर्मरमा समस्या आएकाले सिन्धुलीमा समेत त्यसको प्रभाव परेको छ । ट्रान्सफर्मर समस्या आएकाले जिल्लामा लाइन जानेआउने भएको विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख महत्तोले बताउनुभयो ।

१६ करोड २१ लाख भन्दा बढि विद्युत महशुल संकलन

नेपाल विद्युत प्राधिकरण, सिन्धुली वितरण शाखाले गत आर्थिक वर्ष २०७७\०७८ मा १६ करोड भन्दा बढि महशुल संकलन गरेको छ । प्राधिकरण सिन्धुलीले १६ करोड २१ लाख ३ हजार ५ सय १६ रुपैयाँ विद्युत महशुल संकलन गरेको जनाएको छ ।

२ करोड ५ लाख ७५ हजार २ सय ९८ युनिट विद्युत विक्रि मार्फत उक्त रकम विद्युत महशुल संकलन भएको विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख सुनिल कुमार महत्तोले बताउनुभयो । वक्यौता रकम भने २ करोड २३ लाख ३ हजार ८ सय ४७ रुपैँया संकलन भएको प्राधिकरण प्रमुख महत्तो को भनाई छ ।

लाईन काटेकोबाट ७२ लाख ४७ हजार महसुल संकलन भएको उहाँले बताउनुभयो । जिल्लामा ४३ हजार ३ सय ९१ सेवाग्राहि रहेको उहाँले बताउनुभयो । हाल जिल्लामा २० प्रतिशत विद्युत विस्तान हुन बाकीँ रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया