बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

खेलकुदलाई प्राथमिकता देऊ

शुक्रवार , श्रावण ८, २०७८

सिन्धुलीमा खेलकुद क्षेत्रमा राज्यको लगानी निकै कम छ । स्थानिय सरकारले पनि खेलकुदको विकासमा खासै उपलब्धिमूलक कदम चाल्न सकेको छैन । खेलमैदान देखि खेलाडीको समग्र विकासमा जिम्मेवार निकायको ध्यान जान सकेको छैन । राज्यको ध्यान खेलकुदमा केन्द्रित नहुँदा खेलकुदलाई भविष्य ठानेर अघि बढेकाहरु हतोत्साहित भएको अवस्था छ । जिल्लामा केहि स–साना खेलकुद प्रतियोगिता भइरहेको हुन्छ । निजि आयोजनामा खेलकुद भएपनि स्थानिय सरकार खेलकुद प्रति लचक हुन सकेको छैन । जिल्लामा धेरै संभावना बोकेका खेलाडीहरु छन् । तर, उनीहरुलाई निखार्नकालागि खेलकुदा संघ, स्थानिय सरकार लगायत जिम्मेवार निकायले पर्याप्त काम गर्न सकिरहेका छैन ।

काठमाडौँमा भदौ देखि हुने सहिद मेमोरियल सी डिभिजनकालागि सिन्धुलीबाट छनौटकालागि प्रतिनिधित्व भएसँगै जिल्लामा खेलकुद विकासको आवाज उठ्न थालेको छ । जिल्लामा रहेको क्लबहरुले पनि खेलाडीलाई अवसर दिन चुकिरहेको अवस्था छ । हालसम्म सिन्धुलीबाट ठूला प्रतियोगिताकालागि कुनै पनि टिमले सहभागिता जनाएको छैन । खेलकुदको विकासकालागि स्थापित संघ संस्थाले खेलकुदलाई नजरअन्दाज गर्दा जिल्लामा खेलकुद क्षेत्रको अवस्था दयनिय छ । तसर्थ, स्थानिय सरकारले खेलकुद क्षेत्रको समग्र विकासकालागि महत्वपुर्ण योग्दान गर्न चुक्नुहुदैँन । त्यसैगरि, जिल्लामा रहेका क्लब लगायत खेलकुदसँग सम्बन्धित संघसंस्थाले पनि कसरी यस क्षेत्रको विकास गर्न सकिन्छ भनेर बृहत छलफल गर्न जरुरी छ । अतः खेलकुद क्षेत्रको विकासमा सम्बन्धित सबै निकयाको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया