शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सी डिभिजन छनौटमा सिन्धुलीले पहिलो पटक सहभागिता जनाउँदै

बिहिवार , श्रावण ७, २०७८

सिन्धुली– सी डिभिजन क्वालिफायरकालागि सिन्धुलीको क्लबले पहिलोटक सहभागिता जनाउदैँ छ । दुधौली स्पोर्ट्स क्लबले सहिद स्मारक सी डिभिजन क्वालिफायरमा भाग लिने भएको हो । सहिद स्मारक सी डिभिजन लिग (पहिला काठमाडौँ लिग च्याम्पियनसिप) नेपालको सर्वाधिक तेश्रो ठूलो र स्तरीय फुटबल लिग हो र अखिल नेपाल फुटबल संघको शीर्ष बिभाजन मध्य तेश्रो हो जुन प्रत्येक वर्षमा नेपालको उत्कृष्ट फुटबल क्लबहरू बिच प्रतिस्पर्धात्मक रूपमा संचालन हुने गर्दछ ।

दुधौली खेलाडी छनौटमा सहभागी हुनका लागि क्लबलाई सम्पर्क गर्न इच्छुक खेलाडीहरूलाई क्लबले अनुरोध गरेको छ । बिहिबार कमलामाई नगरपालिकाको ब्लू अलपाइन र मिलनचोक क्लबका खेलाडी छनौटकालागि दुधौली पुगेका छन् ।

अखिल नेपाल फुटबल संघले (एन्फा)ले भदौँ १ गतेबाट क्लब छनौट गर्ने योजनामा छ । क्वालिफायरमा भाग लिने क्लबहरूले ३० हजार रुपैँया दर्ता शुल्क तिर्नुपर्ने हुन्छ । तीन टोली छनौट भएर सी डिभिजन लिगमा जाने छन् । दुधौली नगरपालिकाले क्लबलाई आगामी शहीद स्मारक सी डिभिजन लिग क्वालिफायरको लागि सहयोग गरेको छ । क्लबले नगरपालिकाबाट दुई लाख पचास हजार सहयोग प्राप्त गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया