शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल साउन ०४ गते सोमवारको सिन्धुलीका मुख्य समाचार हरु

मंगलवार , श्रावण ५, २०७८

साउनको पहिलो सोमबार सिन्धुलीका शिवालयमा भक्तजनको भिड,

सिन्धुली – साउनको पहिलो सोमबार सिन्धुलीका शिवालयहरुमा बिहान देखि पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले आज स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

जिल्लाको कमलामाई नगरपालिका ५ मधुटारको कालिमाइ मन्दिरमा रहेको शिव मन्दिरमा बिहान देखि भक्तजनको भिड लागेको स्थनिय अभिषेक थापाले बताउनुभयो । मन्दिरमा जिल्ला भित्रका र छिमेकि जिल्लाका भक्तजन समेत आएको उहाँले बताउनुभयो ।

कालिमाई मन्दिरमा बिहानको समयमा ५ सय भन्दा बढी भक्तजन दर्शन गर्ने आएको कालिमाई मन्दिरका पुजारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । मन्दिर बाहिर भक्तजनको भिड बढेपछि भित्र पुजा गर्ने एक¬एक जना गरि प्रवेश गराएको पुजारी पौडेलले बताउनुभयो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराएर मात्र मन्दिर भित्र प्रवेश गराएको उहाँको भनाइ छ ।

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा रहेकाले मन्दिरमा भक्तजनको भीड लागेको उहाँ बताउनु हुन्छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । जिल्लाको कालिमाइ, शिद्धबाबा, कमलामाइ,मधुगंगा महादेव र स–साना शिवजीका मन्दिरमा समेत भक्तजनको भिडभाड देखिएको छ ।

यस्तै दुधौली नगरपालिका २ लंगुरखोलाको मधुगंगा महादेव मन्दिरमा पनि पुर्जा गर्नेको भिड लागेको दुधौली नगरपालिका २ का वडा अध्यक्ष रितेस राउतले बताउनुभयो । उहाँका अनुसार उक्त मन्दिरमा तराइका जिल्ला लगाएत भारतबाट समेत हजारौँ भक्तजन पुजा तथा दर्शन गर्न आएका थिए । मन्दिरमा भक्तजनको घुइँचो बढे सँगै दुधौली नगरपालिकाले मन्दिर प्रवेशमा निषेध गर्ने निर्णय गरेको वडा अध्यक्ष राउतले बताउनुभयो ।

भारत र छिमेकि जिल्लाबाट आउने भक्तजनको अत्याधिक चापले कोरोना संक्रमण फैलिन सक्ने भन्दै मन्दिर प्रवेशमा निषेध गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । तराईबाट मन्दिर दर्शन गर्न आउने भक्तजनलाई वर्दिबास मै रोकने उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मठ–मन्दिरहरुमा पुजारीले नित्य पुजा बाहेक अन्य सामूहिक पुजा तथा बलि दिने, कुनै मेला महोत्सव, हाटबजार, खेलकुद प्रतियोगिता, र भिडभाड हुने कुनै पनि क्रियाकलाप गर्ने नपाउने निर्णय गरेको थियो । जिल्लामा भक्तजनको चाप बढेकाले सम्र्पूण शिवालय मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई अनुगमन गर्न दिर्नेशन दिएको उहाँले बताउनुभयो । साउन महिनामा मन्दिरमा हुने भिडभाड कम गर्न निषेधाज्ञा कडाइ गरिने प्रजिअ न्यौपानेको भनाइ छ । साथै उहाँले निषेधाज्ञाको पालना गर्न जिल्लाबासीलाई आग्रह गर्नु भएको छ । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजा पाठ गर्न प्रजिअ न्यौपानेले अनुरोध गर्नु भयो ।

सिन्धुलीमा ३७ जना कोरोना संक्रमणमुक्त

सिन्धुली– सिन्धुलीमा सोमवार थप ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार १३ जना महिला र २४ पुरुष संक्रमण मुक्त भएका हुन् । यो सँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १ सय ९७ पुगेको छ ।

यस्तै सोमवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको । ३६ जनाको स्वाव परिक्षण गर्दा ५ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ५ सय ७० पुगेको छ । हाल जिल्लामा ३ सय ३५ जना संक्रयसंक्रमित रहेका छन् भने ३८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

स्वास्थ्यकर्मिलाई पहिलेकै दरबन्दीमा फर्काउन निर्देशन

सिन्धुली– गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमितको उपचारमा प्रत्येक वडामा खटिएका स्वास्थ्यकर्मीलाई पहिलेकै दरबन्दीमा फर्काउन स्वास्थ्य केन्द्रलाई निर्देशन गरेको छ । गाउँपालिकाले सोमबार एक सुचना निकालेर कोभिड रेस्पोन्स टिमलाई पहिलेकै दरबन्दीमा फिर्ता पठाउन निर्देशन दिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भईरसको रोकथाम तथा नियन्त्रणको लागि कोभिड रेस्पोन्स टिममा रहि कोभिड सम्बन्धि निरोधात्मक, प्रवर्धानात्मक तथा उपचारात्मक कार्यको लागि गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्यकर्मीहरुलाई खटाईएको थियो ।

हाल कोरोना संक्रमणको दरमा केहि कमि आएको र निषेधाज्ञा समेत खुकुलो हुदै गएकाले स्वास्थ्यकर्मीलाई पहिलेको दरबन्दीमा फर्काउने निर्णय गरिएको गोलन्जोर गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया