फरार रहेका व्यक्ति ३ वर्षपछि पक्राउ
सिन्धुली – सिन्धुलीमा सवारी ज्यान मुद्दामा कैद भुक्तान नगरि फरार रहेका व्यक्तिलाई प्रहरीले ३ वर्ष पछि पक्राउ गरेको ।
कमलामाई नगरपालिका ११ सानोभडारका ३१ वर्षिय बिपुल रसाइली भन्ने बिपुल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सवारी ज्यान मुद्दामा ०७५ बैशाख २० गते जिल्ला अदालतको ८ दिन कैद भुक्तानी नगरि विक फरार रहेका थिए ।
फरार रहेका विकलाई इलाका प्रहरी कार्यालय भिमानको प्रहरी टोलिले बिशेष सुराकिको आधारमा दुधौली नगरपालिका ६ जगाडिमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । विकलाई पक्राउ गरी सिन्धुली जिल्ला अदालत सिन्धुलीमा बुझाईएको लामाले जानकारी दिनुभयो ।
सिन्धुलीमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो
सिन्धुली – जिल्लामा महिला तथा बालबालिका हराउनेको क्रममा वृद्धि आएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणहरू रहेका छन् ।
सिन्धुलीमा दुइ वर्षको अवधिमा १ सय ६१ महिला हराएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५÷७६ मा ७४ महिला हराएको निवेदन आएको थियो भने ०७६÷७७ मा ८७ महिला हराएको निवेदन आएका छन् ।
हराएका महिला मध्ये ८३ जना मात्र फेला परेका छन् । बाकीँ ७८ जना महिलाको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्ष मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा हराएका ७४ महिला मध्ये ४४ जना फेला परेका छन् । आर्थिक वर्ष ०७६÷७७ मा हराएका ८७ महिला मध्ये ३९ जना फेला परेका छन् । यस्तै दुइ वर्षको अवधिमा ६७ बालिका हराएका छन् । आर्थिक वर्ष ०७५÷७६ मा ३१ जना र ०७६÷७७ मा ३६ जना बालिका हराएको निवेदन आएको नायव उपरिक्षक लामाले बताउनुभयो । हराएका बालिका मध्य ५५ जना बालिकाको जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ भने बाकीँ १२ जना बालिकाको खोजि कार्य भइरहेको छ ।
जिल्लामा दुइ वर्षको अवधिमा १३ जना बालक हराएका छन् । आर्थिक वर्ष ७६÷७७ मा ९ र आर्थिक वर्ष ०७७÷७८ मा ४ जना बालक हराएको निवेदन आएका थिए । हराएका १३ जना बालक मध्ये १२ जनाको उद्धार भएको छ भने १ बालकको खोजि कार्य भइरहेको छ । यस्तै दुइ वर्षको अवधिमा ४ जना जेष्ठ नागरिक हराएका छन् । आर्थिक वर्ष ०७६÷७७मा २ जना र ०७७÷७८ मा २ जना जेष्ठा नागरिक हराएको निवेदन आएको थियो । ती मध्य दुइ जनाको उद्धार भएको छ भने बाकीँ दुइको खोजि कार्य भइहरेको नायव उपरिक्षक लामाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलियाले पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका हराउने गरेको बताउनुभयो । उहाँका अनुसार बालबालिका भने अभिभावकको संरक्षण अभावमा हराउने गरेका छन् । “कुनै बालबालिका आमाबाबुमध्ये एक जनासँग बसेको हुन्छ । आमा वा बाबुले अर्कैसँग विवाह गर्ने जस्ता कारणले बालबालिकालाई पर्याप्त माया दिन सकेका हुँदैनन् । जसका कारण बालबालिका परिवारलाई थाहै नदिएर हराउँछन्,” उपरिक्षक थपलियाले भन्नुभयो, “कतिपय साथीभाइको लहैलहै, कसैको बहकाउ तथा नयाँ ठाउँमा जाने लोभले हराउने गरेका छन् ।”
उमेर पुगेका महिला भने परिवारका सदस्यलाई थाहा नदि आफुखुसि विवाह गर्ने गरेको कारण परिवारले हराएको भनि निवेदन दिने गरेको उपरिक्षक थपलियाले बताउनुभयो । “महिलाहरु बढी परिवारको सदस्यलाई जानकारी नगराई विवाह गरेर जाने गरेकाको निवेदन वढी छ ।” उहाँले भन्नुभयो, “हराएका महिला बालबालिका तथा जेष्ठ नागरिकको खोजि कार्य भने भइरहेको छ ।” जेष्ठ नागरिकको सवालमा बढी मात्र मानसिक सन्तुलन गुमाएर हराउने गरेको उपरिक्षक थपलियाले बताउनुभयो ।
प्रहरी तथा सम्बन्धित निकायले महिला तथा बालबालिका र ज्येष्ठ नागरिक हराउने संख्या न्यूनिकरण गर्नका लागि विभिन्न रोकथामका प्रयास, संचेतनामूलक कार्यक्रम गरेपनि कमी आउन नसकेको प्रहरीले जनाएको छ । यसका लागि समाजका नागरिक नै शिक्षित भएर सचेतना फैलाउने र आफ्ना परिवारका सदस्य र समाजका आफन्त तथा छिमेकीहरुको रेखदेश राम्रोसँग गर्न सकेमा यसरी हराउने संख्यामा कमी आउने उपरिक्षक थपलियाको भनाइ छ ।
घ्याङ्लेखमा राष्ट्रिय परिचयपत्र बनाउन टोलि परिचालन
सिन्धुली – घ्याङ्लेख गाउँपालिकामा राष्ट्रिय बनाउने कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको ५ वटै वडामा परिचयपत्र बनाउनको लागि केन्द्रबाट आएको टोलि परिचालन गरिएको घ्या ङलेख गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार सबै वडामा ५ गतेबाट परिचयपत्र बनाउन सुरु गरिने भएको छ । सोमबार बाट सुरु गरिने भनेको राष्ट्रिय परिचय पत्र कार्यक्रम निरन्तर परेको वर्षाको कारण सम्बन्धीत स्थानमा सामाग्री पु¥याउन समस्या भएकाले मंगलबार बाट सुरु गरिने गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रको लागि आफ्नो वडा कार्यालयमा आवश्यक कागजात नेपालि नागरिकताको प्रमाण पत्र, आमा बाबुको नागरिकताको प्रतिलिपि, राहदानि लिएको हकमा सक्कल राहदानिको प्रमाणपत्र, विवाह गरेको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाईसराईको हकमा बसाईसराईको प्रमाणपत्र सहित सहभागि भै आफ्नो परिचयपत्र बनाउन खटिएका टोलिलाई सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउने समय विहान १० बजेबाट ५ बजेसम्म तोकिएको छ ।
कोरोना माहामारीमा अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई सम्मान
सिन्धुली – सिन्धुली अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रल्हाद कुमार पोखरेलले कोरोना माहामारीमा अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई सम्मान गर्नु भएको छ । आइतबार आप्mनो ५५ औँ जन्मदिनको अवसरमा उहाँले कोरोना बिरामीको ब्यवस्थापन तथा उपचारमा खटिने स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक लगाएत संक्रमित सासुको स्याहारमा खटिने बुहारीलाई सम्मान गर्नु भएको हो ।
उहाँले अस्पतालको एम्बुलेन्स चालक दुई जना, शव वाहन चालक एक जना, कृटिकल केयरका डाक्टर एक जना, अन्सिजन प्लाण्टका मेकानिक एकजना र सासु तथा आमालाई राम्रो स्याहार गर्ने बुहारी र छोरीलाई सम्मान गर्नु भएको छ । उनीहरुलाई सम्मान स्वरुप कपडा र प्रमाणपत्र हस्तान्तरण गरेको अध्यक्ष पोखरेलले बताउनुभयो । कोरोना माहामारीमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न सम्मान गरिएको अध्यक्ष पोखरेलको भनाइ छ ।
अनेरास्ववियुद्धारा विद्यार्थीबाट वढी रकम उठाउने व्यक्ति छानविन गर्ने माग
सिन्धुली – अनेरास्ववियु सिन्धुली बहुमुखि क्याम्पस कमिटिले स्नातक प्रथम वर्षका विद्यार्थीहरुबाट क्याम्पस कै विद्यार्थी नेताले भर्ना गरिदिन भन्दै बढी शुल्क उठाएको विषयलाई छानविन गर्न माग गदै क्याम्पसलाई ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुले आइतबार एक विज्ञप्ति मार्फत अनेरास्ववियुले स्नातक प्रथम वर्षका विद्यार्थीबाट क्याम्पसका विद्यार्थी नेता लिएको बढी रकम छानविन गर्न माग गरेको हो ।
क्याम्पसमा भर्ना हुन आउने नव आगन्तुक विद्यार्थीलाई क्याम्पसकै विद्यार्थी नेता भर्ना गरिदिन्छु भनि प्रति विद्यार्थी २ हजार रुपैयाँ लिएर १५ सयको मात्र रसिद दिएको प्रमाण सहित विद्यार्थीले गुनासो गरेको अनेरास्ववियुका क्याम्पस कमिटिका अध्यक्ष लोकेन्द्र बोगटीले बताउनुभयो । यस विषयलाई अनेरास्ववियु सिन्धुली बहुमुखि क्याम्पस कमिटि घोर भत्र्सना गर्दछ । उहाँले भन्नुभयो, “विद्यार्थी साथीहरुसँग माफि मागी उक्त रकम तुरुन्त फिर्ता गर्न आग्रह गर्दै यस्ता घटना पुनः दोहोयाएमा सिन्धुली बहुमुखी क्याम्पस कमिटि कडा प्रतिवादमा उत्रने छौ । ” साथै उक्त विषयमा छिटो भन्दा छिटो छानविन गर्न सिन्धुली बहुमुखि क्याम्पसको प्रशासन समक्ष विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
सिन्धुलीमा आइताबार १८ जनामा कोरोना संक्रमण पुष्टि
सिन्धुली – सिन्धुलीमा आइताबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ जनाको स्वाव परिक्षण गर्दा ४ जना महिला र १४ जना महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ५ सय ६३ पुगेको छ ।
यस्तै २ हजार १ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल जिल्लामा ३ सय ६५ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ। सिन्धुलीमा कोरोना संक्रमणको कारण ३८ जनाको मृत्यु भएको छ ।