शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा नयाँ भाडादर लागु, कुन ठाउँमा कति पुग्यो ?

सोमवार , श्रावण ४, २०७८

सिन्धुली – सरकारले लामो दुरीका सार्वजनिक गाडीमा २८ प्रतिशत भाडादर बढाउने निर्णय गरेसँगै सिन्धुलीको यातायात व्यवसायीले पनि नयाँ भाडादर लागु गरेका छन । सिन्धुलीका यातायात व्यवसायीसबै क्षेत्रमा चल्ने साविकको भाडा दरमा २८ प्रतिशत वृद्धि गर्दै नयाँ भाडादर कायम गरेको हो ।

सिन्धुली–काठमाडौँ र काठमाडौँ–सिन्धुली लगायत लामो दुरीमा चल्ने मात्र नभई सबै यातायातमा भाडा समायोजन भएको सुनौलो विपि यातायात कम्पनी प्रा.लिले जनाएको छ । यस अघि नेपाल सरकारले तोकेको सिन्धुली देखि काठमाडौ सम्म ४ सय ८० रुपैया भाडा थियो । हाल समायोजन भए पछि २८ प्रतिशतले वृद्ध भएर ६ सय १४ रुपैया कायम गरिएको छ ।

यस्तै काठमाडौँ बाट दुधौली कटारी सम्म सरकारले तोकेको ८०० भाडामा २८ प्रतिशतले वृद्ध भएर १ हजार २४ रुपैया कायम गरिएको छ । काठमाडौबाट चकमके बाहुनतिल्पुङ्ग सम्म ९ सय ६० र जिनाखु पुग्न १ हजार २४ रुपैया भाडा दर कायम गरिएको छ । डिलक्स सुविधा भएकाले गाडिले भने सरकारले तोकेको भाडामा २० प्रतिशत बढी लिन पाउने सुनौलो विपि यातायात कम्पनी प्रा.लिका अध्यक्ष कान्छामान बलले बताउनुभयो ।

यातायात मन्त्रालयले गत मंगलवार २९ गतेदेखि नै लागू हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेको थियो । नयाँ भाडा दरअनुसार सार्वजनिक गाडीको भाडा २८ प्रतिशतले बढेको छ। यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया