विकासका लागि विस्तार भएका सडकले नै विनाश निम्त्यायो
सिन्धुली – सिन्धुलीको ग्रामिण भेगमा विकासका लागि विस्तार भएको सडकले नै विनाश निम्त्याएको छ । गाउँगाउँमा मोटरबाटो विस्तार गरिने उदेश्यले खनिएका सडकको कारण हजारौ घर लगाएत विद्यालय नै पहिरोको जोखिममा परेका छन् ।
गाउँमा विकास पुर्याउन जथाभावी खोलिएका सडक खण्डले विनास निम्त्याएको स्थानियले गुनासो गरेका छन् । फराकिलो बनाउन चकमके–आम्बोटे– जिनाखु सडक खण्ड खोलिए सँगै सडक माथिको तिनपाटन गाउँपालिका वडा नम्बर ९ स्थित मा बि आम्बोटे को भबन नै पहिरोको जोखिममा परेको विद्यालयका प्रधानध्यापक जितेन्द्र कुमार महासेठले बताउनुभयो । सडक खोलिए सँगै जोखिममा रहेको विद्यालयको ४ कोठे पक्कि भवन नजिकको भाग हाल वर्षाले भासिएको उहाँले जानकारी दिनुभयो ।
विद्यालयको ४ कोठे पक्कि भवनमा विद्यार्थी राखी पढाउन नमिल्ने भएको उहाँले बताउनु भयो । “भवन नजिकको भाग भासिएको छ ,” प्रअ महासेठले भन्नुभयो, “कुन बेला भवन नै खस्ने हो थाहा छैन । यस्तो जोखिम स्थानमा विद्यार्थी राखेर हामी पढाउन सक्दैनौ । ” उक्त भवनमा पढाइ हुने कक्षा १,२ र ३ का विद्यार्थीलाइ अरु नै स्थानमा व्यवस्थापन गरेर पढाउने उहाँको भनाई छ ।
तिनपाटन गाउँपालिका वडा नम्बर ८ बाहुनतिल्पुङमा ग्रामिण सडक खण्ड स्तरोन्नती गर्ने जथाभावि बाटो खनिए सँगै सडक माथिका ३ घरपरिवार पहिरोको जोखिममा परेको स्थानिय वरुण घिमिरेले बताउनुभयो । हरेक वर्ष एउटै सडकमा विकासको नाममा डोजर चलाउने र जमिन कोट्याएर छोड्ने परिपाटीले विकासभन्दा पनि विनाशलाई निम्त्याउँने गरेको स्थानिय घिमिरे बताउनु भयो । सडक विस्तार गर्दा त्यसको दीर्घकालीन असर, वातावरणीय प्रभाव मूल्यांकन, प्राविधिक तथा विज्ञसँगको परामर्श केही नगरी ग्रामीण बस्तीमा गुणस्तरीय विकासभन्दा पनि परिमाणात्मक रूपमा कति लम्बाइ सडक खनियो भन्ने प्रवृत्तिले गर्दा समते विनास निम्त्याएको उहाँको भनाई छ ।
यस्तै घ्याङलेख गाउँपालिका वडा नम्बर ३ को सोलाभञ्ज्याङ, पचभैया, तिनघरे हुँदै सातदोवाटो जोड्ने सडक निर्माण विस्तार गरिए सँगै पचभैयाका १० घरपरिवार पहिरोको जोखिममा रहेको छ । वस्ति नजिकबाट बाटो खनिएको कारण बस्तिनै पहिरोको जोखिममा परेको स्थानियले बताएका छन् । गाउँमा मै मोटरबाटो आउने खबरले खुसि भएका पचभैयाका बिल बहादुर थिङ बाटोले आफ्नो घर नै पहिरोको जोखिममा परेको गुनासो गर्नु हुन्छ । “पहिले गाउँ मै मोटरबाटो आइपुग्ने भएपछि गाउँमा विकास हुने भयो भनेर खुसि भएको थिए,” स्थानिय थिङले भन्नुभयो, “बाटो जथाभावि खन्दा अहिले घर नै पहिरोको जोखिममा छ ।”
पहिले विस्तार भएको सडकलाई छोडि नयाँ ट्र्याक खोलिएको कारण बस्ति नै पहिरोको जोखिममा परेको थिङको भनाइ छ । “घर जति बेला पनि भासिन सक्छ,”उहाँले भन्नुभयो, “अहिले म लगाएत मेरो परिवार नै तल बेसीको गोठमा बस्छौ ।”
पहिरोको जोखिममा रहेका बाकीँ घरपरिवार जोखिम मोलेर बस्न बाध्य भएको उहाँ बताउनु भयो । भारी वर्षा भएमा पहिरो खसि ठुलो जनधनको क्षती हुने संभावना रहेको स्थानिएले बताएका छन् । सडक खनिएपछि जोखिममा रहेका घर अहिले वर्षाले भासिदै गएको स्थानियले गुनासो गरेका छन् । सम्बन्धीत निकायलाइ जानकारी गराउदाँ समेत हाल सम्म केहि पहल नभएको स्थानियले बताएका छन् ।
४ वर्षको अवधिमा सिन्धुलीबाट १७ हजार भन्दा बढी परामर्श लिइ विदेश गए
सिन्धुली– सिन्धुली जिल्लाबाट ४ वर्षको अवधिमा १७ हजार भन्दा वढी सूचना तथा परामर्श केन्द्रबाट परामर्श लिएर विदेश गएका छन् । बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सामी परियोजना सूचना तथा परामर्श केन्द्रबाट ४ वर्षको अवधिमा १७ हजार १ सय ८२ जनाले परामर्श लिएर विदेश गएका हो ।
सुचना तथा परामर्श केन्द्रका परामर्शकर्ता सुस्पा भुजेका अनुसार ०७४/७५ मा ६ हजार २ सय ६३, ०७५/७७ मा ३ हजार ८ सय ३८ जना पुरुष र १ हजार ५ सय महिला ८६ महिला गरि जम्मा ५ हजार ४ सय २४ जना, ०७६/७७ मा २ हजार ३ सय ७० जना पुरुष र १ हजार ४० महिला गरि जम्मा ३ हजार ४ सय १० जना र ०७७/७८मा १ हजार ३ सय ८९ पुरुष र ६ सय ९६ जना महिला जम्मा २ हजार ८५ जना केन्द्रबाट परामर्श लिएर विदेश गएका छन् ।
परामर्श केन्द्रले आर्थिक वर्ष ०७७/७८मा बैदेशकि रोजगारीको क्रममा ठगी, अलपत्र परी समस्यामा परेका केश ४० वटा दर्ता भएका मध्ये ९ वटाको समाधान गरि सकेको भुजेलले बताउनुभयो । यस्तै ०७७/७८ मा जिल्लाबाट अमेरिका पुरुष ६ र महिला ३ जना गएका छन् । यस्तै मलेसिया १० जना पुरुष र ३ जना महिला, जोर्डनमा १ जना पुरुष र १५ जना महिला, बराइनमा १ जना पुरुष, कुवेत ५ जना पुरुष, साउदिमा १९ जना पुरुष र ३ जना महिला, दुवईमा १६ जना पुरुष र १२ जना महिला, कतारमा १६ जना पुरुष, अस्ट्रेलिया ४ जना पुरुष र ५ जना महिला, पोर्चुगल, पोल्याडमा १ पुरुष र १ महिला,कोरियामा १ जना पुरुष र २ जना महिला, जापानमा १४ जना परुष र १४ जना महिला गरि जम्मा ३० र अन्य देशमा ३६ जना पुरुष र १५ जना महिला गएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै केन्द्रले विदेशमा मृत्यु भएका, अंगभंग भएकालाई स्वदेश फर्काउन सहयोग गरेको, सम्झौता अनुरुपको तलव सुविधा दिलाउन पहल, पासपोर्ट तथा पैसा फिर्ता नदिने एजेन्टहरुबाट हुने ठगिबाट बच्नका लागि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई वैदेशिक रोजगारीमा जानु पूर्व र गर्ईसकेपछि पनि ख्याल गर्नुपर्ने कुराबारे परामर्श दिइरहेको उहाँले बताउनु भएको छ ।
साथै सूचना तथा परामर्श केन्द्रले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई वैदेशिक रोजगारीमा जानु अघि र गइ सकेपछि पनि ध्यान दिनुपर्ने कुराबाट सूचना तथा परामर्श दिने, न्यायमा पहुच तथा सहजिकरण गर्ने, सिपमा पहुच अभिवृद्धि र स्थानिय निकायको क्षमता अभिवृद्धि गरिरहेको छ ।
वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई परामर्श दिन थालेपछि जिल्लाबाट सिप सिक्ने, मेनपावर मार्फत विदेशिने, विदेश जानु अघि घरमा कागजात छोड्ने क्रम क्रमिक रुपमा वृद्धि भइरहेको केन्द्रले जनाएको छ । वैदेशिक रोजगारीमा जादा अपनाउनुपर्ने प्रक्रिया र ध्यान दिनुपर्ने कुराबारे पासपोर्ट प्राप्त गरेका सम्पूर्ण युवाहरुलाई जानकारी गराइएको परामर्शकर्ता भुजेलले बताउनुभयो ।
तीनपाटन गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण हुने
सिन्धुली – तीनपाटन गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण हुने भएको छ । तीनपाटन गाउँपालिका वडा नम्बर ८ को बाहुनतिल्पुङमा नेपाल टेलिकमको टावर निर्माण गर्नेे तयारी भएको गाउँपालिकाका उपाध्यक्ष पदम माया तामाङले बताउनुभयो ।
नेपाल टेलिकमको टावर नदिदाँ गाउँपालिकावासी सुचना तथा संचारको माध्यमबाट पछाडी परेको कारण गाउँपालिका मै टावर निर्माण गर्ने लागिएको उपाध्यक्ष तामाङले बताउनुभयो । लकडाउनको कारण काममा केही ढिलाइ भएको र अब छिट्टै नै काम सुरु हुने उहाँको भनाई छ । टावर नहुदाँ सुचना तथा संचार माध्यमबाट पछाडी परेको तीनपाटनका नागरिक नेपाल टेलिकमको टावर निर्माण हुने भएपछि खुसि भएका छन् ।
उक्त टावर निर्माण सम्पन्न भएपछि तिनपाटन गाउँपालिकाको वडा नम्बर ७, ८, ९, १०, ४, ११ र फिक्कल गाउपालिकाको धेरैजसो भुभागका नागरिकले लाभ लिने गाउँपालिकाले जनाएको छ ।
सिन्धुलीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
सिन्धुली – सिन्धुलीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ४० जनाको कोरोना परिक्षण गर्दा ६ जना महिला र ९ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यो सँगै जिल्लामा २ हजार ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा ३ सय ४७ जना कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै हाल सम्म २ हजार १ सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउने कार्यक्रम पुन सुरु
सिन्धुली – सुनकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने कार्यक्रम पुन सुरु हुने भएको छ ।
कोरोना भाइरस संक्रमणको कारण दुइ महिना देखि रोकिएको परिचयपत्र बनाउने कार्यक्रम आइताबारबाट पुन सुरु हुने सुनकोशी गाउँपालिकाले जनाएको छ । परिचयपत्र बनाउनका लागि गाउँपालिका भित्रका सम्पूर्ण नागरिकले नेपाली नागरिकताको फोटोकपि साथमा लिएर आउन सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले आग्रह गर्नु भयो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परिचयपत्र बनाउने कार्यक्रम सुरु गरिन लागेको अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रिय परिचय पत्र बनाउने कार्यक्रम दुइ दिन चलेर कोरोना संक्रमणको कारण स्थगित भएको थियो ।
आइतबारबाट परिचयपत्र बनाउने कार्यक्रम निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । साथै उहाँले परिचयपत्र बनाउन आउदाँ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सम्पूर्णलाई अनुरोध गर्नु भयो ।