कमलामाई नगरपालिका र काठमाडौं विश्वविद्यालयबीच
समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं – काठमाडौं विश्वविद्यालय र कमलामाई नगरपालिकाबीच समmभदारीपत्रमा हस्ताक्षर भएको छ । नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजाल सुदृढीकरण तथा शिक्षामा समता र समावेशिकरण हासिल गराउने प्रयोजनार्थ NICfor School Leaders Towards Equity and Inclusion Project समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सो समझदारी पत्रमा काठमाडौ विश्वविद्यालयका सामुदायिक परिचालन महाशाखाका सल्लाहकार प्रा.डा. बालचन्द्र लुईटेल र कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रीले संयुक्तरुपमा हस्ताक्षर गर्नु भयो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरप्रमुख खत्रीले भन्नु भयो, “कमलामाई नगरपालिकाको समग्र शैक्षिक उन्नयनमा यो परियोजना कोशेढुंगा सावित हुनेछ ।”
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले संस्था स्थापनाकालदेखि समुदायसँगको सहकार्यबाट सञ्चालित हुँदै आएको र यो परियोजनाले समुदायसँग थप नजिक पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
परियोजना संचालनबाट नगर क्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयहरुमा कार्यरत ३० जना प्रधानाध्यापकहरुले करिव २७ महिनासम्म शैक्षिक नेतृत्व विकास कार्यक्रममा सरिक भइ नेतृत्व क्षमता विकास गर्ने अवसर प्राप्त हुने कुरा काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिंगका डीन प्रा.डा. मनिष पोखरेलले बताउनु भयो ।
त्यसैगरी, परियोजनाले नगरपालिकाको शैक्षिक नेतृत्वकर्ताहरुमा सामुदायिक संजाल सुदृढीकरण , सूचना तथा प्रविधी सम्वन्धी सक्षमता विकास लगायत NIC Hub मा आवद्ध भइ नेतृत्व क्षमता विकास गर्ने र अन्तर्देशीय अनुभव आदान प्रदानका अवसर प्राप्त हुने कुरा कमलामाई नगरपालिकाका शिक्षा सहजकर्ता जगत आलेले बताउनु भयो ।
काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रमको संचालन काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक सुशिल श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा कनपा नगर शिक्षा अधिकारी शंकरराज लुईटेल, काठमाडौं विश्वविद्यालयका रजिष्टार प्रा.डा. सुवोध शर्मा लगायत विश्वविद्यालय र नगरपालिका सम्वद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
दुइ सय रुपैया जरिवाना नतिरि फरार रहेका व्यक्ति पक्राउ
सिन्धुली – लेनदेन मुद्दामा जिल्ला अदालत सिन्धुलीको फैसला अनुसारको जरिवाना नतिर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतको फैसला अनुसारको जरिवाना नतिर्ने कमलामाई नगरपालिका १३ का गिरिजा थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । थापालाई लेनदेनको मुद्धामा ०७४ असार १६ गते अदालतबाट फैसला भइ २ सय ८१ रुपैया ३३ पैसा जरिवाना तोकिएको थियो ।
थापालाई जिल्ला अदालतको रेकर्ड नम्बर १०७९ मा फरार देखिएकोले फैसला कार्यान्वयनको सिलसिलामा कमलामाई नगरपालिका वडा नं १३ मडहा स्थित आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरि अदालत पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।
वडाले निर्माण गरेको आइसोलेसनमा स्थानियलाई बस्न
वडा सचिवले निषेध गरे
सिन्धुली – घ्याङलेख गाउँपालिका १ का वडा सचिवले वडाको आइसोलेसनमा स्थानीय कोरोना संक्रमित बिरामीलाई उपचारको लागि बस्न निषेध गरेको स्थानीयले गुनासो गरेका छन् ।वडाले निर्माण गरेको १० वेडको आइसोलेसनमा वडा सचिव ज्ञान लाल भोलनले कोरोना संक्रमित स्थानीयको उपचारको लागि बस्न निषेध गरेको स्थानीयले बताएका हुन् ।
आफूहरूलाई आइसोलेसनमा उपचारको बस्न लागि निषेध गरेर सचिव भोलन एक्लै आइसोलेसनमा बसेको स्थानीय खड्ग थापाले बताउनुभयो । “कोरोना संक्रमण पुष्टि भएपछि परिवारको अन्य सदस्यलाई संक्रमण नहोस् भनेर वडाको आइसोलेसनमा गएको थिए । तर वडा सचिवले बस्न नमिल्ने भन्दै फर्काइदिनु भयो ।” स्थानीय थापाले भन्नुभयो, “१० बेडको आइसोलेसनमा वडा सचिव एक्लै बस्नु भएको छ ।”
होम आइसोलेसनमा बस्दा परिवार नै संक्रमित हुने डर भएको थापाले गुनासो गर्नु भयो । संक्रमितको स्वास्थ्य अवस्था गंम्भिर हुदै गएको स्थानियले जानकारी दिएका छन् । वडा र गाउँपालिकामा जानकारी गराउँदा समेत केहि पहल नगरेको स्थानियले बताए । वडाले निर्माण गरेको आइसोलेसनमा उपचारको लागि स्थानियलाई वडा सचिवले निषेध गरेपछि स्थानियहरुले विरोध गर्ने थालेका छन् ।
यस्तै स्थानीयहरूले वडा १ मा कार्यरत कर्मचारीको लापबाही कै कारण कर्मचारी सहित वडामा सेवा लिन आएका सेवाग्राहीलाई कोरोना संक्रमण पुष्टि भएको आरोप लगाएका छन् । वडामा कार्यरत ३ जना कर्मचारी सहित सेवा लिन आएका सेवाग्राहीको परिवार नै संक्रमित भएको स्थानीयले बताएका हुन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा संक्रमण फैलिएको वडाका स्थानीय खड्ग थापाले बताउनुभयो । वडामा कार्यरत कर्मचारी कोरोना संक्रमित हुँदा समेत कार्यालयमा आएर सेवा प्रवाहमा खटिएकाले संक्रमण फैलिएको स्थानीयले आरोप लगाएका छन् । वडा सचिव ज्ञान लाल भोलनलाई यस विषयमा बुझ्न खोज्दा उहाँको फोन उठेन ।
यता वडा अध्यक्ष रामकाजी वाईवाले तुरुन्त वडाका संक्रमितलाई वडाले निर्माण गरेको आइसोलेसनमा बस्ने व्यवस्था मिलाइने बताउनुभयो । नागरिक कै लागि निर्माण गरिएको आइसोलेसन वडा सचिवले निषेध गर्न नमिल्ने उहाँको भनाई छ । “यस विषयमा वडावासीले मलाइ पनि फोन गरेर गुनासो गरेका थिए ।” वडा अध्यक्ष वाइवाले भन्नुभयो, “अब तुरुन्त वडाका संक्रमितलाई बस्ने व्यवस्था मिलाउ छु ।”
वडा भित्रका संक्रमितको उपचारमा वडाले ध्यान दिएको अध्यक्ष वाइबाले बताउनु भयो । साथै उहाँले वडामा स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइ गरिएको जानकारी दिनुभयो ।
खोप केन्द्रमा खोप लगाउनेको अव्यवस्थित भिड, केन्द्रबाट
नै संक्रमण फैलने जोखिम
सिन्धुली – कमलामाई नगरपालिका ७ माझिटाको खोप केन्द्रमा कोरोना भाइरस विरूद्धको खोप लगाउनेहरूको अव्यवस्थित भिड देखिएको छ ।
खोप लगाउने कार्यक्रम व्यवस्थित नहुदाँ भिड बढेको खोप लगाउन आएका नागरिकले बताएका छन् । खोप केन्द्रमा खटिएको कर्मचारीले चिनेजानेका र आफन्तलार्ई केन्द्रको झ्याल बाटै खोप लगाउन दर्ता प्रक्रिया थालिए पछि खोप लगाउन लाइनमा बस्नेले विरोध गरेका थिए ।
खोप लगाउन लाइनमा बसेका सर्वसाधारणले केन्द्रमा ढुंगा समेत प्रहार गरेको स्थानिय प्रदिप गोलेले बताउनु भयो । खोप लगाउन घण्टौ सम्म लाइनमा बसेकी एक महिला बेहोस समेत भएको खोप लगाउन पुगेका शिक्षक नबराज थापाले बताउनुभयो । उहाँले केन्द्रको व्यवस्थापन भद्रगोल रहेकोले खोप केन्द्रबाट नै संक्रमण फैलने जोखिम वढ्ने बताउनुभयो । खोप केन्द्रको लार्पबाहिको कारण पनि भिड बढेको खोप लगाउन आउनेले बताएका छन् ।
यता जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोखरेलले भने खोप केन्द्रमा प्रर्याप्त कर्मचारी नहुदाँ भिड बढेको बताउनुभयो । उहाँले खोप केन्द्रमा कर्मचारीको लापबाही नभएको बताउनुभयो । साथै सवै स्थानिय तहका नागरिक एकै चोटि खोप लगाउन आएका कारण पनि भिड वढेको अध्यक्ष पोखरेलको भनाई छ ।
सिन्धुलीमा शुक्रबारबाट खोप अभियान सुरु भएको हो । ५५ वर्ष र सोभन्दा माथिका उमेर समूहका खोप लगाउन छुटेका सबै नागरिक, विश्वविद्यालय र विद्यालयका प्रध्यानाधापकहरु, सामुदायिक शिक्षक,सरकारी कर्मचारीहरु, खोप अनिवार्य गरेको देशमा जाने नागरिकहरु, यसअघि भेरोसेल खोप लगाइ दोश्रो डोज खोप लगाउन छुट भएका सबै नागरिकहरु, कृषि सामग्री कम्पनी लिमिटेडका ५ जना कर्मचारीहरु छुटेका सबै सरकारी कार्यालयका कर्मचारीहरुलाई खोप लगाउन सुरु गरिएको छ ।