बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

समन्वयको अभाव र व्यवस्थापनमा कमजोरी

शनिवार , श्रावण २, २०७८

सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित शिवनगरमा रहेको खोप केन्द्रमा शुक्रबार विवाद हुन पुग्यो । कोरोनाविरुद्धको खोप लगाउन ठूलो संख्यामा सर्वसाधरणहरु लाईनमा बसेका थिए । तर, आफन्त र नजिकका मानिसलाई लाईनमै नबसि खोप लगाउन थालेपछि ढुंगा हानाहानसम्म भयो । घण्टौँसम्म खोपकालागि घाममा बस्नुपरेपछि केहि बेहोस पनि हुन पुगे । कमलामाई नगरपालिकाले खोप लगाउनकालागि उचित व्यवस्थापन नगर्दा झडप हुने स्थिति सिर्जना भएको हो । शुक्रबार दिनभरि भिड थिएन । बिहानको एक समयमा भने भिड भएको थियो । यसको मतलब समयको व्यवस्थापनमा नगरपालिका चुकेको छ । अनुमानित पर्खनुपर्ने समयको ख्याल नगर्दा शुक्रबार झडपको स्थिति भएको थियो । त्यस्तै, भिडले गर्दा कोरोना संक्रमण फैलिने जोखिम पनि बढेको स्थानियले आक्रोश पोखेका छन् । खोप लगाउनकालागि समय तोकेर निश्चित समूहलाई यो समयमा खोप लगाईने भनेर तयारी गर्नुपर्दथ्यो । तर, सो कार्यलाई नजरअन्दाज गरियो र एकै समयमा भिडको जम्मा हुँदा विवाद भयो । तसर्थ, शुक्रबारको घट्नाबाट पाठ सिकेर व्यवस्थापनमा कमिकमजोरी नगर्न सम्बन्धित सबैले ध्यान दिन आवश्यक छ ।

कनपा–७ मा ठूलो दुर्घट्ना नभएपनि परिस्थिति बिल्कुलै डरलाग्दो हुन सक्थ्यो । कमलामाई नगरपालिका लगायत जिम्मेवार निकायले व्यवस्थापनमा देखाएको अपरिपक्वतताले उक्त घट्ना निम्तेको हो । तसर्थ, आगामी दिनमा यस्ता घट्ना हुन नदिन सम्बन्धित पक्ष सजग हुन आवश्यक छ । अतः खोप लगाउनेबेलामा कसरी भिडको व्यवस्थापन गर्ने र समयानुकल बनाएर खोप लगाउने भन्नेतर्फ सम्बन्धित निकायले गम्भिर भएर सोच्न जरुरी छ ।

प्रतिक्रिया