आ.व. २०७७/७८ मा ३ करोड बढी राजश्व संलन
सिन्धुली– जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड बढी राजश्व संकलन गरेको जनाएकोछ । आर्थिक २०७७/०७८को अन्तिम दिन बिहीबार जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख ट्राफिक प्रहरी नायव निरिक्षक कृष्ण क्षेत्रीले जानकारी दिनु भयो ।
ट्राफिक प्रमुख क्षेत्रीका अनुसार सिन्धुलीमा ट्राफिकबीट स्थापना भए यताकै उच्च राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३२ हजार ७ सय सवारी साधन कारबाहीबाट ३ करोड १५ लाख ४० हजार ५ सय राजश्व संकलन भएको उहाँले जननकारी दिनु भयो । आर्थिक वर्ष २०७६/७७ मा १३ हजार २ सय ५० सवारी साधन कारबाहीमा परेका थिए जसबाट १ करोड ८ लाख २१ हजार ५ सय राजश्व संकलन भएको क्षेत्रीले बताउनु भयो ।
आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ७ सय २२ सवारी साधन कारबाहीमा पर्दा १ करोड २० लाख ४८ हजार राजश्व संकलन भएको जनाइएको छ ।
यसैबिच आर्थिक वर्ष २०७७/७८ मा अघिल्ला वर्षहरुमा भन्दा बढी सवारी दुर्घटना भएका छन् । यस आर्थिक वर्षमा २ सय १९ सवारी दुर्घटनामा परेका हुन् । जसबाट ३५ जनाको मृत्यु, १ सय ९६ जना गम्भिर घाइते र २४ जना सामान्य घाइते भएको प्रमुख क्षेत्रीले बताउनु भयो । क्षेत्रीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६६ वटा सवारी साधन दुर्घनामा परेका थिए । जसबाट ३४ जनाको मृत्यु भएको थियो भने, ७१ जना गम्भिर घाइते र ५१ जना सामान्य घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ६८ वटा सवारी साधन दुर्घनामा परेका थिए । जसबाट ४४ जानको मृत्यु भएको थियो भने ६९ जना गम्भिर घाइते र ८९ जना सामान्य घाइते भएका थिए ।
त्यस्तै यस आर्थिक वर्षमा बढी भाडा असुल्ने १ सय ८ वटा सवारी साधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । उक्त सवारी साधनले यात्रुको बढी भाडा असुलेको ६ लाख ८७ हजार ६ सय १५ रुपैया फिर्ता गरी यात्रुलाई फिर्ता गरिएको प्रमुख क्षेत्रीले बताउनु भयो । बढी भाडा असुल्ने उक्त सवार साधनबाट ३ लाख २७ हजार राजश्व संकलन भएको उहाँले बताउनु भयो । आर्थिक वर्ष २०७७/०७८ मा प्रहरीको नियम बिपरित सञ्चालन भएका सवारी साधनलाई कारबाही गर्ने खोज्दा घुस दिन खोज्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको उहाँले बताउनु भयो । जसबाट नियमअनुसार २१ हजार ५ सय राजश्व संकलन गरिएको जनाईएको छ ।
जिल्लामा अप्रिय घटना हुन नदिनका लागि सवारी चेकजाँचमा कडाई गरिएको प्रमुख क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार विद्यार्थी, समुदाय, चालक, सर्वसाधारणलाई सचेतना मुलक कक्षा सञ्चालन गरिएको थियो ।
फिक्कल गाउँपालिकाको न्यायिक समितीद्धारा २३ वटा
विवाद निरुपण
सिन्धुली – फिक्कल गाउँपालिकाको न्यायिक समितिले २३ वटा विवाद निरुपण गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा न्यायिक समितिमा जम्मा २३ वटा विवाद परेकोमा २३ वटा नै विवादको समाधान भएको न्यायिक समितिका संयोजक पावर्ति सुनुवारले बताउनुभयो ।
न्यायिक समितिमा जग्गाको खिचलो र लेनदेनको विवाद धेरै आएको संयोजक सुुनुवारले बताउनुभयो । कानुनी सल्लाहकारको सहयोगमा मेलमिलापको माध्यमाबाट विवाद समाधान गर्दै आएको उहाँले जानकारी दिनुभयो । दुवै पक्षको कुरा सुनेर निष्पक्ष भई न्याय दिने काम सहज नभएको बताउँदै संयोजक सुनुवारले मेलमिलापबाट अधिकतम विवाद समाधान गर्दै आएको बताउनुभयो ।
समितिले स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसाजस्ता विवादलाई खास गरी मेलमिलाप मार्फत निरूपण गर्ने जिम्मा स्थानीय शासन सञ्चालन ऐनले दिएको छ । त्यसै गरी ऐन २०७४ बमोजिम समितिले निरूपण गर्ने प्रकृतिका विवादमा आलीधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँँट तथा उपयोगसम्बन्धी विषय पर्छ । पालिकाको न्यायिक अधिकारबारे जानकारी, कानुनबारे ज्ञान भएका कर्मचारी र भौतिक संरचनाजस्ता कारणले न्यायिक निरूपण गर्न सहज नभएको उहाँले बताउनु भयो ।
फिक्कल गाउँपालिकाले सामाजिक सद्भाव, मेलमिलाप, शान्ति र अमन चयनमा अभिवृद्धि गर्न, गाउँपालिका वासीलाई अदालत धाउदा हुने आर्थिक व्यय भार, अनुत्पादक खर्च, दुःख हैरानीलाई कमि गर्नको लागि न्यायिक समितिले काम गरिरहेको उहाँले बताउनुभयो । साथै उहाँले पालिका भित्र देवानी प्रकृतिका कुनै पनि विवाद भए न्यायिक समितिमा आउन आग्रह समेत गर्नु भयो ।
बाख्रा पकेट विकास समितिहरुलाई आर्थिक सहयोग प्रदान
सिन्धुली– घ्याङलेख गाउँपालिकाले बाख्रा पकेट विकास समितिहरुलाई आर्थिक सहयोग गरेको छ । घ्याङलेख गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को पशु विकास शाखाको संघिय शसर्त तर्फको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमका लागि ३ वटा समितिहरु लाई आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले बताउनुभयो ।
गाउँपालिकाको हायुटार टुनिभञ्जयाङ केराबारी बाख्रा पकेट विकास समिति, चिउरीबास बाख्रा पकेट विकास समिति र तामाजोर रामपुर पहरीलेख बाख्रा पकेट विकास समितिले समयमै कार्य सम्पन्न गरेकाले सहयोग गरेको अध्यक्ष भोलनले बताउनुभयो ।
उहाँका अनुसार घ्याङलेख गाउँपालिकाको वडा नम्बर १ र २ को हायुटार टुनिभञ्जयाङ केराबारी बाख्रा पकेट विकास समितिलाई ४ लाख ८० हजार ६ सय ५१, वडा नम्बर २ कै चिउरीबास बाख्रा पकेट विकास समितिलाई ४ दाख ७० हजार ९ सय ९० र वडा नम्बर ३ र ५ को तामाजोर रामपुर पहरीलेख बाख्रा पकेट विकास समितिलाई ४ लाख ७७ हजार ६ सय ९६ बराबरको चेक हस्तान्तरण गरिएको हो ।
सिन्धुलीमा मरिण खोलाले बगाउदा एक जनाको मृत्यु
सिन्धुली – सिन्धुलीमा मरिण खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । बिहिबार बिहान साढे ५ बजेको समयमा घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ र ३ को सिमाना हुँदै बग्ने मरिण खोलाले बगाएर घ्याङ्लेख गाउँपालिका वडा नम्बर ३ कि ५४ वर्षिय रिता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
विक घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ स्थित छोरी घर गएर फकिदाँ खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । विकलाई खोलाले लगभग ५० मिटर तल सम्म बगाएको स्थानियले बताएको उहाँले बताउनुभयो । घट्ना स्थलमा प्रहरी पुगि खोला बाट शब निकालीसकेको नायव उपरिक्षक लामाले जानकारी दिनुभयो ।
बिद्याश्रम सार्बजनिक शैक्षिक गुठि विद्यालय परिसर सरसफाई
सिन्धुली – सिन्धुली बिद्याश्रम सार्बजनिक शैक्षिक गुठि विद्यालय कमलामाई नगरपालिका ४ ढुग्रेवास परिसर सरसफाइ गरिएको छ । विद्यालय नजिका विद्यार्थी र प्रधानध्यापको उपस्थितिमा विद्यालय सरसफाई गरिएको हो ।
कोरोना भाइरस नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको कारण लामो सयम देखि विद्यालय बन्द रहेको छ । विद्यालय बन्द रहदाँ विद्यालय वरिपरि फोहोर भएकाले सरसफाई गरिएको विद्यालयको प्रधानध्यापक पोषक पौडेलले बताउनुभयो ।
उहाँका अनुसार विद्यालय खुल्ने आशमा विद्यालय निजिक घर भएका विद्यार्थीको उपस्थितिमा सरसरफाई गरिएको हो । लामो समय पछि विद्यालय आएर सरसरफाई गर्दा विद्यालय खुल्ने भन्दै विद्यार्थी उत्साहित भएका छन् ।
बढी भाडा लिने सवारी साधन कारबाहीमा
सिन्धुली, – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यात्रुसँग बढी भाडा लिने पाँच वटा सवारी साधनलाई बिहिबार कारबाही गरेको छ ।
कमलामाई नगरपालिका वडा नं. ६ माझिटार चेकपोष्टमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बढी भाडा लिने सवारीलाई कार्वाही गरेको उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पूर्वबाट काठमाडौँ जाँदै गरेका ती सबारी साधनले १९ जना यात्रुसँग दुई सय रुपियादेखि एक हजार रुपियासम्म बढी भाडा असुलेको पाईएको छ । ती यात्रुबाट बढी लिएको भाडा सात हजार रुपिया सम्बन्धित यात्रुलाई नै फिर्ता गरिएको छ । बढी भाडा लिने सबारी साधनलाई ट्राफिक प्रहरी नियम अनुसार दुई हजार रुपैयादेखि तीन हजार रुपियासम्म कारबाही गरि गन्तब्यमा पठाइएको छ ।
कारबाहीमा परेका सबारी सधानहरुमा बा ३ ख ७३२६ नम्बरको हाईस, बा ४ ख ६६७ नम्बरको बस, बा ४ ख ४१८७ नम्बरको हाईस, बा ५ ख ५२७० नम्बरको हाइस र बा ५ ख ४१८२ नम्बरको हाईस रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ती सबारी साधनबाट १२ हजार रुपिया जरिवाना गरिएको जनाईएको छ ।
शिक्षकद्धारा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा
ध्यानाकर्षण
सिन्धुली – सिन्धुलिका संस्थागत विद्यालयका शिक्षकलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन निजि र संस्थागत विद्यालयका शिक्षकले बिहिवार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ध्यानकर्षण पत्र बुझाएका छन् ।
जिल्ला खोप समन्वय समिति सिन्धुलीले बुधबार गरेको निर्णयमा सरकारी विद्यालयका शिक्षक र कर्मचारीहरुलाई मात्र भेरोसेल खोपको पहिलो मात्र लगाउने सुचना जारि गरेपछि निजि र संस्थागत विद्यालयका शिक्षक र कर्मचारीले विहिबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानकर्षण गराएका हुन् ।
“नेपाल सरकारको निर्णय विपरित बीस हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने तथा दुई हजारभन्दा बढी शिक्षकले अध्यापन गराउने सिन्धुली जिल्लाका संस्थागत विद्यालयहरुका शिक्षक कर्मचारीहरुलाई दोस्रो दर्जाका नागरिक ठानी खोप बाट बन्चित गराउने जिल्ला खोप समन्वय समितिको निर्णयले हामीलाई अत्यन्त मर्माहत बनाएको छ ,” पत्रमा भनिएको छ ।
विभेदपूर्ण उक्त निर्णयलाई तुरुन्तै सच्याइ नेपाल सरकारको निर्देशनअनुसार संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई यहि साउन १ गतेदेखि सिन्धली जिल्लामा सुरु हुन गइरहेको कोरोना विरुद्धको खोप अभियानमा खोप लगाउने व्यवस्था मिलाइदिन ज्ञापनपत्र मार्फत प्रमुख जिल्ला समक्ष अनुरोध गरिएको छ ।
सिन्धुलीमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु
गरिने
सिन्धुली – सिन्धुलीमा आज(शुक्रबार) देखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । साउन १ गते (शुक्रबार) देखि ३ गतेसम्म खोप कार्यक्रम चलाइने जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
५५ वर्ष र सोभन्दा माथिका उमेर समूहका खोप लगाउन छुटेका सबै नागरिक, विश्वविद्यालय र विद्यालयका प्रध्यानाधापकहरु, सामुदायिक शिक्षक,सरकारी कर्मचारीहरु, खोप अनिवार्य गरेको देशमा जाने नागरिकहरु, यसअघि भेरोसेल खोप लगाइ दोश्रो डोज खोप लगाउन छुट भएका सबै नागरिकहरु, कृषि सामग्री कम्पनी लिमिटेडका ५ जना कर्मचारीहरु छुटेका सबै सरकारी कार्यालयका कर्मचारीहरुलाई उमेर खुल्ने आधिकारिक प्रमाणका आधारमा (नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका वा वडाबाट उमेर प्रमाणित कागजात) भेरोसेल खोप लगाउने व्यवस्था गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
सिन्धुलीमा निषेधाज्ञा १० दिन थप
सिन्धुली–कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सिन्धुली जिल्लामा दुई महिनाभन्दा बढी समयदेखि जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बिहिबार बसेको बैठकले उक्त निषेधाज्ञा साउन १० गते राती १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँले हाटबजार र विद्यालय बाहेक अरु व्यवसाय स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाई लगभग खुल्ला गरेको पनि बताउनुभयो ।
उहाँका अनुसार सार्बजनिक यातायात स्वास्थ्य मापदण्ड अप्नाई पूर्ण सिट क्षमताको आधारमा यात्रु बोक्न पाउने गरी जिल्ला भरि मात्र सञ्चालन गर्न दिने अनुमती दिने निर्णय भएको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाई व्यापार व्यवसाय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ला गरिएको उहाँले बताउनुभयो । प्रजिअ न्यौपानेका अनुसार यस अघि जारी गरेको निषेधाज्ञा बिहिबार राती १२ बजेदेखि सकिदै थियो । जिल्लामा कोरोना सङक्रमण दर बढेपछि मानिसको भिडभाड नियन्त्रण गर्न बैशाख २२ गतेदेखि निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । यसअघि नौ पटकसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यसअघि बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा सात दिन थप्न सिफारिस गरेपछि जिल्ला सुरक्षा समितिको बैठक बसी त्यसलाई अनुमोदन गरेको हो । सार्बनिक यातायातमा यात्रु, सबारी चालक र सहचालकले अनिबार्य मास्क लगाउनु पर्ने जनाईएको छ ।
सिन्धुलीमा एकै दिन २ सय ३० जना कोरोना संक्रमणमुक्त
सिन्धुली – सिन्धुलीमा विहिबार एकै दिन २ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । १ सय ७ जना महिला र १ सय २३ जना पुरुष संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यो सँगै जिल्लामा ८ सय ४३ जना महिला र १ हजार २ सय ९३ जना पुरुष गरि जम्मा २ हजार १ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यस्तै थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ जनाको कोरोना परिक्षण गर्दा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । हाल सम्म २ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा अव ३ सय ४९ जना संक्रमित उपचारत रहेका छन् भने ३८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।