शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

शेर बहादुर र आरजुलाई यसरी उपाध्यायले सम्झिए

बुधवार , आषाढ ३०, २०७८

नेपाल सरकारका पुर्वसचिव, समाजसेवि भिम उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा सामजिक संजालमा समय खर्चिएका छन् । उनले आफूले चिनेको शेरबहादुर भन्दै यस्तो लेखेका छन् ।

मैले चिनेको शेरबहादुर देउबाः सबैले बुझ्नुहोला– अहिले नबोली नबोली मिति पुर्याउन सक्ने अनुभवी सिजन्ड बिपी, कृष्णप्रसाद, गणेशमान गिरिज जस्ता श्रद्धेय

संस्कारी नेताहरूको सत्संग र संगत गरेका नेता शेरबहादुर देउबा हुन्। यिनले राजनीति सिकेका गुरूहरू अब्बल थिए। यिनी बेलायतमा पनि पढेका हुन्। टियूमा पढ्दा नेविसंघको सभापति पनि थिए ।

आफू गरिब साधारण परिवारमा, दुर्गम डडेलधुराको दुर्गम गाउँमा जन्मेर पनि शेरबहादुर देउबाले आफूले आफैलाई बनाएका (क्भािmबमभ) हुन् । कसैको आशिर्वादले बनेका नेता हैनन् । त्यसरी जसरी बिपी नेता बनेका हुन् । राजनीतिक संस्कारीहरूको सही संगत पाउनु यिनको भाग्य र कर्म हो ।

सत्ता राजनीति कसरी चलाउनुपर्छ यिनले आफ्ना अग्रजबाट राम्ररी सिकेका, जानेका छन् । संगठन गर्न पनि चतुर र सफल छन् । सत्ता साझेदार दलका नेताहरू सबैलाई मिलाउन पनि खप्पिस छन् । यिनी लहैलहैमा कसैको पछि कुद्दैनन् । नबोले पनि चुपचाप बसेर सबैलाई मिलाउन भने सक्छन् । यिनका अगाडि पर्दा यिनका सबै कार्यकर्ता र परिवारका सदस्यसमेत पनि डराउछन् ।

गिरिजाप्रसाद कोईराला जस्ता टावरिंग र नबोल्ने कोईराला परिवारसंग टक्कर लिने हिम्मतले गरेरै यिनी यसरी गिरिजाप्रसाद जतिकै पाँच पटक प्रधानमन्त्री बन्न सफल भएका हुन्, लुरूलुरू पछि लागेर हैन । यिनले नयाँ दल खोले, पुरानोसंग पुनः एकिकरण गरे, अनि प्रधानमन्त्री भए, सभापति भए र अझै सभापति छन् । अरू कुनै दलका नेता यसरी दल फोडेर गएपछि पुनः एकिकरण गरेर, एकिकृत दलको सभापति र प्रम भएको पाईदैन । बामदेव, महन्थ, उपेन्द्र र बाबुरामलाई हेर्नुस् । शेरबहादुर अपवाद हुन् । यिनी त एकिकृत नेपाली काँग्रेसको एकछत्र नेता बन्न आजसम्म सफल भएका छन् र अझै पनि यिनलाई टक्कर दिन सक्ने दलभित्र कोही नेता देखिदैनन् । अब बुढा पनि हुदै गएका छन् ।

तर यति धेरै अवसर पाएर पनि शेरबहादुर देउबाले मुलुकलाई ठोस योगदान दिन सकेको देखिएको छैन । तर, यिनी प्रम हुँदा विश्वका लोकतान्त्रिक मुलुकहरूको सहयोग बामपन्थीहरूलाई भन्दा कैयन गुणा बढी हुन्छ नै ।

शेरबहादुरका समान उमेरका दौतरी नेताहरू दलमा र बाहिर पनि कोही छैनन्, सबै जुनियर छन्। त्यसैले दलभित्र ईगो फाईट छैन जस्तो एमाले, माओबादी, मधेशी दलहरूमा छ, जहाँ कसैले कसैलाई टेर्दैनन् किनकी सबै जस्तो समकालिन छन् । त्यसैले शेरबहादुर सबैभन्दा धेरै उमेर फरक भएको दलभित्र र बाहिर जेठा नेता पनि हुन्, एकदम सक्रिय शिर्ष जीवित सिनियर नेताहरूमध्येमा ।

उनको काम गर्ने शैली यस्तो रहेको मैले भोगेको छुः सरकारमा सहभागी रहेका दलहरूका कुनै मन्त्रीको काममा यिनले खासै हस्तक्षेप गरेको मेरो अनुभवमा छैन । सबैलाई स्वतन्त्र छाड्छन् । पटक्कै बोल्दैनन्, कुरा गर्न गयो ठिक छ, ठिक छ, बुझेँबुझेँ मात्र भन्छन् । यी मुसुक्क हाँसेको देख्न पाउदा पनि कुरा बुझे होलान् भनेर सन्तोष गर्नुपर्छ ।

अरूसँग हास्नै नचाहने मसँग कुरा गर्दा मुसुक्क परेको पाएको छु । सबै कुरा बिर्सन्छन् जस्तो लाग्छ र बिर्सन्छन् पनि । भेटेपछिको पिरलो नै यही हो, बिर्सने भएपछि भेटेर भनेको कुराहरूको के अर्थ ? के काम ? सबै कुरा यिनका युवा सहयोग पीए भानु देउबाकै भरमा हुन्छ जस्तो लाग्छ । भानुले गरिदिए काम बन्यो नत्र भेटेको मतलबै नहुने । मेरो निजी काम भने बनाउन कहिल्यै परेन, सरकारी काम बने प्रम उनकै सुनाम हुने हो ।

सरकारी वा राजनीतिक समन्वय पत्नी आरजु राणाले गर्छिन् जस्तो लाग्छ । श्री ३ मोहन सम्सेरकी नातिनी भएर पनि आरजु राणा ज्यादै मिलनसार, सिम्पल, सहज ब्यवहारकी लाग्छ । यिनले सबैलाई पदले मान गरेरै सम्बोधन गरेको भेटेको छु । आरजुको मीठो बोली छ, बडप्पन देख्दिनँ । हुन त मेरो केही काम परेको पनि छैन तर पनि जागिरमा हुदा सरकारी कामले मेरै मन्त्रालयको बिभागीय मन्त्री भएका कारणले प्रम शेरबहादुर देउबा, आरजु राणा र भानु देउबासंग बेला बेला भेट गर्न पर्दथ्यो नै । बस् यति हो मेरो चिनजान ।

म सचिव हुदा ३ जना प्रम संग काम गरेँ उनीहरू मेरै मन्त्रालयको पनि मन्त्री थिएः केपी ओली, प्रचण्ड र शेरबहादुर– यी तीन जनाकै विशेषता फरक छन्।

अरूको स्वभावका बारेमा पनि पछिपछि भनुँला।

सम्बन्धित विषय:

प्रतिक्रिया