शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिद्धस्थली विद्यालयका प्रधानाध्यापक प्रधान प्राचीन खेल डोरी तानको सदस्यमा चयन

बुधवार , आषाढ ३०, २०७८

सिन्धुलीको अग्रणी विद्यालय सिद्धस्थली अंग्रेजी आवासिय उच्च माध्यमिक विद्यालयका संस्थापक एवं प्रधानाध्यापक ओम प्रधान नेपाल डोरी तान संघको प्रदेश सदस्यमा चयन हुनुभएको छ ।

जुनसुकै उमेर समूह तथा लिंगका व्यक्तिबाट रमाइलो गर्दै खेलिने प्राचीन डोरी तान खेललाई देशव्यापीरूपमा विस्तार गर्दै नेपाल डोरी तान (नेपाल टग अफ वार)े संघले वाग्मती प्रदेशको सदस्यमा प्रधानसहित अध्यक्षमा सुन्दरकुमार शाक्य (भक्तपुर), उपाध्यक्षमा आशिष श्रेष्ठ (ललितपुर), सचिवमा निरोज महर्जन (ललितपुर), कोषाध्यक्षमा जमुना महर्जन (मकवानपुर), सहसचिवमा मुरारीप्रकाश सञ्जेल (काठमाडौंँ), प्रदेश सदस्यहरूमा कर्मा वाङ्गेल लामा (सिन्धुपाल्चोक), रमेश श्रेष्ठ (धादिङ), प्रल्हाद खनाल (काठमाडौँ), नारायणप्रसाद श्रेष्ठ (रामेछाप), जानकी गुरुङ (काठमाडौँ), हीरा शर्मा नेपाल (काभ्रे), श्रीराम दाहाल (काठमाडौँ) चयन हुनुभएको संघका केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

परम्परादेखि नै चल्दै आए पनि पछिल्लो समयमा यी खेल ओझेलमा पर्दै गएपछि डोरी तान्ने नेपालको पुरानो खेललाई जोगाउन नेपाल डोरी तान संघले यो खेललाई देशव्यापीरूपमा विस्तार गर्ने भएको हो । जिल्ला शिक्षा अधिकारी हुँुदै शिक्षा मन्त्रालय एवं मातहतका कार्यालयमा सेवा गर्दै हाल अवकाश प्राप्त नवनियुक्त अध्यक्ष शाक्यले यस खेललाई विद्यालयस्तरमा विस्तार गर्दै लैजाने बताउनुभयो ।

नेपाल टग अफ वारका केन्द्रीय अध्यक्ष भवानी पौडेलले कार्यक्रममा संघको भावी योजना, कार्ययोजना, विगतमा भएका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । सङ्घ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेशका संयोजक भुवनलाल श्रेष्ठले चयन भएका समितिको नामकावली घोषणा गर्नु गर्दै संघलाई बाँकी दुईवटा प्रदेश र जिल्ला हुँदै देशभरि विस्तार गरिने बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष सूर्य भण्डारीले स्कूल र कलेजमार्फत डोरीतान खेललाई विस्तार गरिँदै लगेको बताउनुभयो । अन्तरराष्ट्रिय डोरीतान महासंघको नियमानुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाइन्छ ।

को हुन् ओम प्रधानः वि.सं २०४७ सालमा ओम प्रधान र गोपाल बहादुर खत्रीको पहलमा कमलामाई नगरपालिकामा सिद्धस्थली अंग्रेजि आवासिय उच्च माध्यमिक विद्यालय स्थापना भएको थियो । ‘शिक्षाको लागि ज्ञान’ भन्ने मूल नाराका साथ स्थापना भएको विद्यालयले विगत दुई दशक देखि सिन्धुलीमा शिक्षाको ज्योति छर्दै समाज रुपान्तरणमा भूमिका निर्वाह गरिरहेको छ । सिन्धुली जिल्लाकै अग्रणी विद्यालयका रुपमा स्थापित सिद्धस्थलीको संस्थापक एवं प्रधानाध्यापक हुन्, ओम प्रधान ।

प्रतिक्रिया