शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा प्रधानन्यायाधीशको पुत्ला जल्यो (भिडियो)

मंगलवार , आषाढ २९, २०७८

नेकपा एमाले निकट भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सिन्धुलीले सिन्धुलीमाढीको लोकतान्त्रिक चौरमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणा सहित ५ जना न्यायाधिशहरुको पुत्ला जलाएका छन् ।दलिय ब्यवस्थामा सर्बोच्च अदालतले गरेको निर्णयले निर्दलिय तर्फ उन्मुख गरेको भन्दै विद्यार्थी र युवाहरुले आदेश मुलुक राजनीतिक संकटमा फस्ने भन्दै जिल्लाको सिन्धुलीमाढीको लोकतान्त्रिक चोकमा पुत्ला जलाएका हुन् ।

सोमबार सर्वोच्चको फैसला बहुदलीय संसदीय प्रणाली को मर्म बिपरित भएको भन्दै नेकपा एमाले सम्बद्व अनेरास्ववियु र राष्ट्रिय युवा संघले पुत्ला जलाएको राष्ट्रिय युवा संघका जिल्ला संयोजक देवराज वाइबाले बताउनु भयो । सर्बोच्च अदालतले गरेको संसद पुनस्थापनाको फैसला सँगै प्रधानमन्त्री नियुक्त गर्ने परमादेश लोकतन्त्रको मर्म विरुद्ध भएको भन्दै सिन्धुलीमा चोलेन्द्र शमशेर राणाको पुत्ला जलाएको अनेरास्ववियु केन्द्रीय सदस्य गोकर्ण भुजेलले बताउनु भयो ।

पुत्ला जलाउने कार्यक्रममा युवा,बिद्यार्थी लगाएत सिन्धुलीका जिल्ला नेताहरुको उपस्थिति थियो । यसैविच मंगलवारनै सिन्धुलीको दुधौली,तीनपाटनको चकमके र फिक्कलको खाङ्गसाङ्ग बेसीमा पनि पुत्ला जलाएको राष्ट्रिय युवा संघ सिन्धुलीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया