सिन्धुली – सुनकोशी ५ रामटारको गंगटेखोलाको पुलको छेउमा आइतवार साँझ एम्बुलेन्स दुर्घटना भएको छ ।

उदयपुरको रौतामाई गाउँपालिकाको मर्कुचीबाट बिरामी काठमाडौ पुर्याएर फर्किएको स १ च १८ ६० नम्वरको एम्बुलेन्स दुर्घटनामा परेको हो । सडकबाट उक्त एम्वुलेन्स साइड नालामा खस्दा एम्बुलेन्स चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयसिन्धुलीले जानकारी दिएका छन ।
सिन्धुलीमा आइतवार के भयो ? पढनुहोस
काठमाडौबाट हराएको मोटरसाईकल सिन्धुलीमा फेला पर्योे
सिन्धुली– सिन्धुलीमा वेवारिसे अवस्थामा फेला परेको बुलेट मोटरसाइकल प्रहरीले धनीलाई जिम्मा लगाएको छ । कमलामाई नगरपालिका ७ वुका पुलमा यहि असार २४ गते वेवारिसे अवस्थामा प्रदेश ३–०२–०१० प ३८९९ नम्बरको ३५० सि.सि.को बुलेट मोटरसाइकल फेला परेको थियो ।

उक्त बुलेट काठमाडाँै महानगरपालिका ३५ कोटेश्वर भाटभटेनी सुपरमार्केट अगाडी पार्किङ गरि राखेको अस्थामा असार २३ गते बाट हराएको थियो । रिजर्ब बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको आवश्यक काजजात सहित ललितपुर उपमहानगरपालिका १३ का दिनेश कुमार लामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सम्र्पकमा आएकाले कागजात चेक गरी मोटसाइकल जिम्मा लगाएको प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।
थप समाचार पढनुहोस
सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न व्यक्तिलाई
नियन्त्रणमा
सिन्धुली – सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौबाट वर्दिबास तर्फ जादै गरेको बा १२ च १६८२ नम्बरको योद्धा गाडी चालकले गाडि ईन्ट्रि गर्न आउँदा गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजार स्थित प्रहरी चेकपोष्टमा खटिएको प्रहरीलाई दुइ सय रुपैया दिइ गाडि छोड्न अनुरोध गरेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
गाडि चालक महोत्तरी बर्दिबास नगरपालिका १ का २२ वर्षिय कुजर अलीलाई नियन्त्रणम लिएको छ । आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
थप समाचार पढनुहोस
सिन्धुलीमा बढी भाडा लिने १४ वटा सवारी साधन कार्वाही
सिन्धुली – सिन्धुलीमा बढी भाडा लिने १४ वटा सवारी साधनलाई कार्वाही गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित माझिटार चेक पोष्ट, कमलामाई नगरपालिका ९ स्थित भिमान चेकपोष्ट, गोलन्जोर गा.पा.७ खुर्कोट बाट खटिएको प्रहरी र ट्राफिक सहितको सयुक्त चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त सवारी हरुलाई कार्वाही गरिएको हो ।
पुर्बबाट काठमाडौँ तर्फ जाने र काठमाडौँ बाट आउदै गरेका उक्त सवारी साधनलाई नियन्त्रणमा लिई यात्रुसंग लिइएको बढी भाडा यात्रुलाईनै फिर्ता गराइएको र बढी भाडा लिने सवारीलाई जरिवाना तिराई गन्तब्य तर्फनै पठाइएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।
निषेधाज्ञाको समयमा जिल्ला प्रहरी कार्यलय सिन्धुलीले चेकजाचमा कडाई गरेको छ । यो समयमा यात्रुहरुसंग सरकारले तोके भन्दा बढी भाडा लिएका सवारीलाई कावार्ही गरि ट्राफिक जरिवाना गरी गतन्तव्य तर्फ पठाईएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।
थप समाचार पढनुहोस
सिन्धुलीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
सिन्धुली – सिन्धुलीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५९ जनको कोरोना परिक्षण गर्दा १४ जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यो सँगै जिल्लामा २ हजार ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । हाल सम्म जिल्लामा ३ हजार ५ सय १९ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा १ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ भने, २ हजार २ सय १० जनाको एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ५ सय १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
हाल होम आइसोलेसनमा ४ सय ३७ र संस्थागत आइसोलेसनमा २२ जना कोरोनाका विरामी उपचारत रहेका छन् । जिल्लामा १ हजार ८ सय ७७ जनाको कोरोना संक्रमणमुक्त भएका छन् भने ३८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
थप समाचार पढनुहोस
थप उपचारको लागि हेलि मार्फत काठमाडौ लगियो
सिन्धुली – सिन्धुलीको कोरोना संक्रमित वृद्धालाई थप उपचारको लागि हेलि मार्फत काठमाडौ लगिएको छ । जिल्लाको कोभिड अस्पतालमा उपचारत कमलामाई नगरपालिका ८ कि ७६ वर्षिय वृद्धालाई थप उपचारको लागि आइतबार काठमाडौ लगिएको हो ।
पाँच दिन देखि जिल्लाको कोभिड अस्पतालमा उपचारत रहेको वृद्धाको स्वास्थ्य अवस्था जटिल भएकाले उहाँको परिवारले थप उपचारको लागि काठमाडौ लगिएको जिल्ला अस्पताल सिन्धुलीका व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताउनुभयो । उहाँको अनुसार उक्त वृद्धाको ब्लडप्रेसर हाइ थियो ।