सिन्धुली लगायत देशभर अहिले कोरोना रोकथाम र नियन्त्रणकालागि विद्यालय बन्द छन् । विद्यालय बन्द भएपछि बालबालिकाहरु घरमै बसिरहेको अवस्था छ । निषेधाज्ञाको समयमा सबैभन्दा प्रभावित समूह भनेकै बालबालिकाको समहू हो । उनीहरुमा मानसिक एवं शारिरिक समस्याहरुको संभावना हुन्छ । त्यसैगरि, नियमित इन्टरनेट प्रयोगले गर्दा बालबालिकाहरुमा आँखाको समस्या लगायत उनीहरु गलत बाटोमा हिँड्ने संभावना पनि उत्तिकै हुन्छ । पहिल्लो केहि घट्ना हेर्दा बालबालिकाहरु इन्टरनेटको माध्यमबाट अश्लिल भिडियो हेर्ने लगायत अनलाईन गेममा बढि केन्द्रित छन् । बालबालिकालाई निगरानि नगर्ने हो भने उनीहरुको समग्र मस्तिष्क देखि शारिरिक विकासमा समस्या देखिन नसक्ला भन्न सकिन्न । तसर्थ, परिवारका सदस्यले उनीहरुलाई निगरानिमा राख्न जरुरी छ ।
बालबालिकालाई अहिले परिवारको साथ चाहिएको छ । उनीहरुलाई एकलोपनको महशुश हुन नदिन कसरी व्यस्त बनाउने भन्ने तर्फ परिवारका सदस्यले गम्भिर भएर सोच्न आवश्यक छ । बालबालिकालाई सामाजिक गराउनकालागि विभिन्न माध्यमबाट जानकारी दिन परिवारले कञ्जुस्याईँ गर्नुहुदैँन । अतः बालबालिकालाई विशेष प्राथमिकता दिन परिवारका सदस्यले प्राथमिकता दिन आवश्यक छ ।