शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

दुर्गेश थापाले छाडा बोलेको गरिमा को हुन् ? (१० तस्बिर)

शनिवार , आषाढ २६, २०७८

टिकटकबाट चर्चामा आएकि चितवनकी गरिमा शर्मा अहिले संचारमाध्यममा चर्चामा आएकि छिन् । मोड शर्माको कला र सौन्दर्यको सबैले तारिफ गरिरहेका छन् ।सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् । नम्र स्वभावकी गरिमा सानैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले सजिलो बनाईदियो । यसैबिच चर्चित हास् श्रृँखला सक्किगोनिको पछिल्लो एपिसोडमा गरिमा देखा परिन् । पाहुना कलाकारको रुपमा आएकी गरिमाको अभिनय सबैले रुचाए ।

केही दिनयता सामाजिक संजाल टिकटकको एक भिडियो भाइरल छ । यो भिडियोमा गायक दुर्गेस थापा र मोडल गरिमा शर्माविचको संवाद सुन्न सकिन्छ । संवादमा दुर्गेसले गरिमालाई तथानाम मुख छाडेका छन् ।उसो त, भाइरल भएको सानो टुक्रा मात्र हेर्ने हो भने दुर्गेस र गरिमाको पहिले प्रेम रहेको र ब्रेकअप भएपछि एकले अर्काको पोल खोल्न थालेको जो कोहीले वुझ्न सक्छ । तर, वास्तविकता भने यस्तो होइन ।

भाइरल टुक्रामा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरुबीचको लामो प्रेम सम्बन्ध भर्खरै टुटेको जस्तो सुनिन्छ । यसले धेरै दर्शकलाई आश्चर्यमा पारिरहेको छ, किनकी दुर्गेश एक विवाहित पुरुष हुन् । उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा कहिल्यै थिएन । गरिमाले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले सत्यतत्य जानकारी गराउँदा गराउँदै पनि बदनियतपूर्वक समाचार बजाइएको गुनासो गरेकी छन् । न्यायका निम्ति सम्बन्धित निकायसँग पुग्न बाध्य भएको भन्दै उनले दर्शकलाई भ्रममा नपर्न अनुरोध गरेकी छन् ।

के हो त वास्तविकता ?: टिकटकमा लाइभमा आएर दुर्गेस र गरिमाले खेल खेले । खेल खेल्ने क्रममा दुर्गेसले गरिमालाई भनेका छन्–‘तिमीले आफ्नो पूर्व प्रेमीलाई भेट्यौं । अब, उसँग कसरी कुरा गर्छौ ?’यही बिषयमा खेल खेल्ने क्रममा दुर्गेसले गरिमालाई मुख छाडेका छन् । जुन क्लिप्स भाइरल भयो ।

यो भिडियो दर्जन बढी युटुब च्यानलमा राखिएको छ । यो बेलासम्म पनि गरिमाले खासै प्रतिक्रिया दिएकी थिएनन् । तर, एपीवान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘रजतपट’मा यो बिषयमा रिपोर्ट नै प्रशारित भएपछि भने गरिमाले कानुनी उपचारमा जाने बताएकी छिन् ।

गरिमा के भन्छिन् ?: रजतपटमा आफ्नो बिषयमा नकारात्मक रिपोर्ट प्रशारण भएपछि मोडल गरिमा शर्मा टिकटकमा लाइभ आउँदै आफूमाथि अन्याय भएको बताएकी छिन् । लाइभमा रुदै गरिमाले आफू पनि एक प्रतिष्ठित परिवारबाट आएको भन्दै यस्ता समाचारले आफ्नो चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जाने बताएकी छिन् । आफू नयाँ भएपनि कमजोर नरहेको गरिमाको भनाई छ । गरिमाले आफूले यो बिषयमा कार्यक्रम संचालकलाई सबै कुराको जानकारी गराएपनि नकारात्मक रुपमा रिपोर्ट प्रशारित गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छिन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया