शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

करिश्मा र रेखाबिचको विवाद छताछुल्ल (भिडियो)

शुक्रवार , आषाढ २५, २०७८

एघार वर्षअघि, आफ्नो नवौँ वार्षिकोत्सवमा अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको आरके इन्टरटेनमेन्ट ग्रुपले २० औँ वार्षिकोत्सवमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गर्यो । करिश्मालाई महानायिकाको घोषणा गरेपछि अन्य कलाकारले समेत त्यसको विरोध गरे । अहिले भने सामाजिक संजालमा अर्कि चर्चित नायिका रेखा थापाले घुमाउरो पारमा स्वघोषित महानायिकाको बारेमा आफूलाई लागेका कुराहरु सार्वजनिक गरेकि छिन् । रेखाले उक्त कुरा सार्वजनिक गरेपछि करिश्मा पनि चुप बस्न सकिनन् । त्यसपछि सामाजिक संजालमा घुमाउरो पारामा दोहोरी चलेको थियो ।

रजटपट अंकलले पल शाहलाई सम्मान गरेपछि रेखा र करिश्माको विवाद सामजिक संजालमा देखिएको थियो । केहि समयअघि रियल हिरोका रुपमा रजटपटले सम्मान गरेको थियो । रजटपटले पलले बाढीपहिरो पिडितलाई गरेको थियो । रियल हिरोकै रुपमा विषयलाई जोडेर महानायक र महानायिकाको कुरा पनि उठ्यो । सहयोगको सम्मान गर्दै अघिरेखाले महानायिकाको विषयमा ‘यो मोहलाई फिल्म चिन्तक नवीन सुब्बा कलाकारको अज्ञानता र छोटो बुद्धिको उपज ठान्छन् । संसारका विकसित फिल्म उद्योगमा यस्तो चलन हुदैँन’, ‘उनी भन्छन्, ‘चाहे जापानको उद्योगको कुरा गरौँ, हलिउडको या युरोपको । तर, दक्षिण एसियामा यो प्रवृत्ति बढी छ । यो शक्ति पुजकहरुको समाज भयो । त्यसको प्रतिबिम्ब फिल्म क्षेत्रमा देखिएको हो ।’ भन्दै सामाजिक संजालमा विचार राखिन् ।

कोरोना महामारीको अहिलेको समयमा मानिसहरुमा चिडचिडापन पैदा भएको छ । यो राम्रो लक्षण होईन । कुण्ठाले चिडचिडापन हुनन्छ । यो मानसिक रोगको संकेत हो । तसर्थ सबैजना यो चिडचिडापनदेखि माथि उठाँै । हाँसौँ । रमाऔँ । लिएर जाने केहि छैन, न नाम न धन । उता रेखा पनि के कम । रेखाले घुमाउरो शैलिमा जवाफ फर्काइहालिन् । उनले लेखिन्, ‘हामीले जे विषयमा बढी महत्व दिन्छौँ, आफू पनि त्यस्तै बन्न थाल्दछौँ । अन्धकारको चर्चा गर्नेहरु अक्सर अँध्यारोमै भेटिन्छन् । दुःखको धेरै चर्चा गर्दा दुः ख विस्तार हुन्छ । दुःखबाट सिक्नुपर्छ तर संगत गर्नुहुदैँन । खुशी र उज्यालो सँग संगतग र्दा मान्छे उज्यालो नै हुन्छ । अँध्यारोको बारेमा चासो राखेर अँध्यारो हट्दैन, दियो बाल्नु पर्छ । प्रकाशको उपस्थिती नै अन्धकारको बिलय हो । रोएर दुःखको कारण घट्दैन । श्राप पहिले आफैँलाई लाग्छ । मंगलकामना पनि पहिले आफैलाई लाग्छ ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया