शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

जडियाँ पार्टीको सदस्य आई....

शुक्रवार , आषाढ २५, २०७८

म त्यो दिन बिर्सनै सक्दिन, दुधौली नगरपालिका १० लखिमा देखि अरुण ठाकुर जोड्ने कालोपत्रे सडकको स्थलगत रिपोटिङ्ग गर्न गएकोे दिन । सिन्धुलीमा अत्याधिक पानी परेका करण सडक भत्किए पछि समाजिक सञ्जालमा भाईरल नै बन्यो अरुणठाकुर जोड्ने कालोपत्रे सडक । सामाजिक सञ्जालमा भाईरल बनेको कालोपत्रे सडकको बारेमा सबैले आफ्नै तर्कबितर्क राखे त्यो स्वभाबिक पनि थियो ।

त्यो सडकको बारे थप बुझ्नका लागि गत असार २० गते रिपोटिङ्गका लागि पत्रकार महासंघ सिन्धुली बाट म पनि सहभागि भएको थिए । पानी पर्ने सिजन छ । फेरि सबै सँग साधन छैन । गाडीमा जाने छलफल पछि म लगाएत पत्रकारका टोली नै आइतबार विहान दुधौली निस्कियौ । लगभग २ घण्टाको यात्रा पछि दुधौली नगरपालिका १० लखिमा पुग्यौँ ।

सडकको अनुगमन गर्ने अख्तियारको टोली समेत त्यस स्थानमा पुगेको थियो । ध्वस्त भएको सडकको अनुगमन गरि उक्त स्थानका स्थानिय,वडा अध्यक्ष, निर्माण व्यवसायी संग प्रत्यक्ष भेटिर कुरा ग¥यौ । समाचार संकलन गरी लखिमा बाट हामी फर्कियौ । रेडियोमा मेरो ५ बजेको समाचार तयार गर्नु पर्ने भएकाले म हतार हतारमा घर पुगेर ल्यापटप लिएर कार्यालय आएँ । ५ बजेको समाचारमा त्यो सडकको समाचार लेखेर पढ्न समय पुगेन । ६ बजेको समाचार पढ्नको लागि उक्त सडकको समाचार बनाउन तयार गर्दै थिए । एक्कासी मलाई चिने जाने कै पत्रकारको फोन आयो । सडकको समाचार लेखेउ त ? समाचार के लेख्छौ हामीलाई पठाउ है । मैले समाचार तयार गर्दैछु । सकिए पछि पठाउछु भने । त्यस पछि उताबाट फेरि तिमिहरु भाइरल भएका रैछौ त ! सबै जाँड खान गएको तिमिहरु भन्ने कुरा गर्नुभयो । कहाँ के कुरामा भाइरल भएको भनेर मैले प्रश्न गर्न नपाउदै भेटेर कुरा गर्छु भनेर उत्ताबाट फोन काटियो । फोन गर्ने मान्छे मेरो कार्यालय मै आउनु भयो र अनलाइपानको समाचार हेरेउ त ? भन्नुभयो । “सिन्धुलीको सडक अनियमितता, जाँडपार्टी गर्न ठेकेदारले लगे” पत्रकार शिर्षको समाचार देखेँ । हामीले समुहमा खिचेको फोटो सहितको समाचार देखेर अच्चमित भए ।

रिपोटिङ्गको लागि समुहमा जाँदा त्यसरी कसैले लेखेको समाचारलाई नै आधार बनाएर म माथि यतिका प्रश्नहरुको प्रहार गरिन्छ भन्ने मलाई लागेकै थिएन । समाचार संकलन गर्ने क्रममा समुहमा खिचिएको तस्बिर राखेर जाँडापार्टी गर्ने गए पत्रकार भनेर समाचार बाहिरिनुले मलाई मात्र होइन सिंगो पत्रकारिता जगतलाई मानिसले हेर्ने नजर फेरिएको छ ।

समाचारका कारण मलाई हेर्ने दृष्टिकोण नै बद्लियो । ठेकेदार सँग मिलेर समाचार लेख्न दुधौली सम्म पुगेको छौ त । कति पैसा पायौ त ? फिल्डमा पनि सबै केटा मात्र रै छन् त । के के खुवाए त । कार्यालयमा होस् अथवा बाटो मै होस् धेरैले गर्ने प्रश्न यहि छ । अझ जाँड खान हिड । कुल ब्रान्डको खान्छौ सँगै बसेर खाउँ है भनेर कल सम्म पनि गर्न भ्याए ।

आफुलाई उच्च ओहोदाको सम्झने ती पत्रकारले यसरी मलाई प्रश्न गर्ने हैसियत कसरी गरे ?कतै उ पनि त आफै जाँडपाटी गर्ने रहुमा थियोकी । मलाई म संगै बसेर जाँड खाने प्रस्ताव राख्नु उनको नियत त्यो समाचारको हेड लाईन भन्दा तल्लो स्तरको थियो । उसले सोच्यो होला महिला भएकै कारण मलाई बहकाएर मनाउछु तर म त्यति कमजोर थिईन र छुईन पनि ।

जाड संग मलाई जोडेर घिन लाग्दो हर्कत गर्नु उसको खराब नियत प्रस्टै देखिन्थ्यो । यदि यस्तो हर्कत बढ्दै गए प्रहरी कार्यालयमा गएर उ संग आमुन्ने सामुन्ने संगै बसेर मलाई जाँड खुवाउने तपाईको सोच परिवर्तन भयो ? प्रश्न गर्ने थिए । जडियाँ पार्टीको सदस्य आई । कति प्याक खाएउ त ? जाडाँले छोडि सक्यो होला है यी प्रश्नको जवाफ माग्ने आफुलाई सजन पत्रकार मान्ने तिम्रै चरित्र आफै उदांगो भएको छ । मलाई जडियाँ पार्टीको सदस्य आई भन्नु भन्दा पहिला मलाई सँगै राखेर जाँड खुवाउने तिम्रै नियत बदल, महिलालाई हेर्ने दृष्ट्रिकोण परिबर्तन गर, के थाहा भोली तिमी पनि कुनै शीर्षकमा समाचार बनेर नआउलौ भन्न सकिन्न् ।

सम्बन्धित विषय:

प्रतिक्रिया