सिन्धुली – सिन्धुलीमा पानी जमेको खाल्टोमा डुवेर एक बालिकाको मृत्यु भएको छ । दुधौली नगरपालिका १ कुर्थाैलीको युवराज गौतमको १२ वर्षिय छोरी युनिशा गौतमको मृत्यु भएको हो ।
बालिका खेल्ने क्रममा घरबाट ५ सय मिटर टाडाको पानी जमेको खाल्टोमा डुवेको अवस्थामा परिवारले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उक्त बालिकाको अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यो पनि पढनुस
सिन्धुलीमा आजपनि एकको मृत्यु
सिन्धुलीमा कोरोना संक्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । बुधबार विहान दुधौली नगरपालिका ६ का अन्दाजी ६२ वर्षिय पुरुषको मृत्यु भएको हो । दुधौली नगरपालिकाको कोभिड अस्पताल सिर्थाैलीमा उपचाररत पुरुषको मृत्यु भएको अस्पतालका इन्चार्ज जगदिश मंडलले बताउनुभयो । स्वास्थ्य अवस्था जटिल भएपछि उक्त पुरुषलाई मंगलबार राती कोभिड अस्पताल सिर्थौली ल्याइएको थियो । हिजो नै एन्टिजेन विधिबाट परिक्षण गर्दा पुरुषलाई कोरोना पुष्टि भएको मन्डलले जानकारी दिनभयो । थप उपचारको लागि बाहिर पठाउने क्रममा उहाँको मृत्यु भएको हो । उक्त पुरुष सुगर र रक्तचापको विरामी थिए । यो सँगै जिल्लामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।
सोमबार कोरोना संक्रमणबाट सिन्धुलीमा तीनजनाको मृत्यु भएको थियो । उनीहरुको कोभिड अस्पताल सिन्धुलीमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकहरु मरिण गाउँपालिका ६ र ७ नम्बर वार्डका क्रमश ७० र ८२ बर्षका पुरुष छन । यस्तै दुधौली नगर ३ का ५५ बर्षकी महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । जिल्लामा मंगलबार एकै दिन ६२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
२ सय १५ जनाको पिसिआर तथा एन्टिजेण्ट मार्फत परिक्षण गर्दा २८ महिला र ३४ पुरुष गरि ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै सिन्धुलीमा कोरोना भाईरसको दोस्रो लहर सुरुभए पश्चात कोरोना संक्रमित हुनेको संख्या २ हजार ३ सय २४ पुगेको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । अहिलेसम्म पिसिआर बिधिमाफत परिक्षण गरिएको मध्ये १ हजार ७ सय ५६ र एन्टिजेण्ट मार्फत परिक्षण गरिएको मध्ये ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ८६ रहेको छ । मंगलबार १९ जना संस्थागत आइसोलेसनमा उपचाररथ छन भने ४ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।
सिन्धुलीमा हालसम्म ३ हजार ४ सय ९९ जनाको पिसिआर बिधि मार्फत कोरोना परिक्षण गरिएको छ भने २ हजार ८२ जनाको एन्टिजेन्ट मार्फत कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । जिल्लामा अहिलेसम्म १ हजार ८ सय १ जना कोरोना संक्रमण भइसकेका छन् ।