शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको ग्रामीण क्षेत्रमा सडकको समस्या

बुधवार , आषाढ २३, २०७८

सिन्धुली – सिन्धुलीमा केहिदिन अघिको अबिरल बर्षाले जिल्लाका स्थानिय तह जोड्ने सडकहरुमा क्षेती पुगेको छ । ग्रामिण सडक वर्षाले भत्किए सँगै यातायात संचालन गर्ने समस्या परेको यातायात संचालकले बताएका छन् । पानीले सडक भत्किए पछि जोखिम मोलेर यातायात संचालन गर्नु परेको बि.पि. यातायात ब्यवसायी संघ सिन्धुलीका अध्यक्ष कान्छामान बलले बताउनुभयो ।

कान्छामान बलका अनुसार जिल्लाको सदरमुकाम माढी बजारदेखी दुधौली, मरिण र चकमके बजार क्षेत्रमा भने मंगलबार देखी नियमित गाडी संचालन गरिएको भएपनि सिन्धुलीमाढी देखी घ्याङ्लेख, घुर्मी, नाघी मजुवा लगायतका स्थानमा अझै गाडी संचालन गर्न टुंगो लागेको छैन ।

उहाँले खुर्कोट, घुर्मी सडक खण्डमा बाटोको समस्या खासै नभएपनि रातो नम्बर प्लेटका यातायातका साधनले यात्रु बोक्ने गरेको कारणले पनि गाडी नचलाएको बताउनु भएको छ । “कोरोनाका कारण यात्रु कम छन् । त्यसमा पनि रातो नम्बर प्लेटका सवारी साधनले यात्रु उठाईदिन्छन् ।” उहाँले भन्नुभयो, “आउँदा जादाँको खर्च समेत उठ्दैन ।”

कोरोना महामारीलाई नियन्त्रण गर्न सार्बजनिक यातायात संचालन गर्न पाउने निर्णय गरिएता पनि बाढी पहिरोको कारण ग्रामिण सडक खण्डमा यातायात संचालन गर्ने समस्या भएको उहाँले बताउनुभयो । बैज्ञानिक भाडादर लागु नहुनु तथा धेरै समय देखी थन्किएर बसेको गाडी सर्भिसिङ गर्न गाडी धनी संग खर्च नहुनुको कारणले पनि गाडी संचालन गर्ने ढिला भएको अध्यक्ष बलको भनाई छ ।

सिन्धुलीमाढी देखी काठमाडौँ, बर्दिबास, पोखरा, नेपालगञ्ज, मन्थली, चरिकोट लगायतका ठाउँमा सार्बजनिक यातायातका संचालन हुने भएपनि कोरोना भाइरस नियन्त्रणको लागि एक जिल्ला बाट अर्को जिल्ला जान रोक लगाईएको छ ।

प्रतिक्रिया